मुख्यमन्त्री महेन्द्र शाही लाई सुझाव पत्र

अमुल्य राज विश्वाकर्मा

प्रिय क. महेन्द्रबहादुर शाही

अभिवादन !

विश्वमा यतिबेला कोरोना भाईरस( covid 19) को महामारीले आक्रमण गरिरहेको छ । मान्छेको मन मनमा त्ररास फैलिएको छ । कयौ देशका हजारौं मान्छेहरुको ज्यानपनि गइरहेक्क छ, भने लाखौ मान्छे संक्रमित भएर हस्पिटलको बेटमा उपचार गरिरहेका छन ! बिश्वमा कयौ मान्छे डरत्रासले गाउँघरमै ज्यान गुमाइरहेको अवस्था पनि छ ।

हाम्रो देश नेपालमा पनि दिनरातै संक्रामित बढ्दै गइरहेको छ । आजको दिनमा सबै मान्छेहरुको मुख्य (target) भनेकै कोरोना विरुद्ध लड्ने, विजय प्राप्त गर्नुपर्ने र मानव सभ्यताको रक्षा गर्नु भएकै छ । एस्तो संकटको बेलामा मान्छेहरुको मानबतामा हैसियतको आधारले आयस्रोत हुनुपर्नेमा, हाम्रो देशमा सरोकारवाला नेताहरुभ्रष्टाचारमा मुछिएको अभियोग लाग्यो ।

कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुले सामान्य पुर्णरक्षाका साधनहरु पनि नआएको गुनासो पोख्छन । अझ बढी स्वास्थ्यसंस्थाहरुले यो संक्रमितबाट डराएको हुदा, अन्य रोगहरुको उपचार गर्न कठिनाइ मानीरहेको डाक्टरलाई जनताहरुको गुनासो रहेको छ । त्योभन्दा झन अर्कोतिर नेपाली जनतालाई भोकमरीको सिर्जना उत्पादन भइरहेकै छ । कर्णालीका जनतासङ्ग घरमा अन्न छैन, गोजिमा पैसा सुक्को छैन !

अब कर्णाली प्रदेशका जनताले भन्दै छन, रोगले होइन भोग्ले मर्ने जमाना आए हामी सङ्ग कोरोनासङ्ग लडाइँ क्षमता छ, तर भोगसङ्ग लड्ने क्षमता छैन, भन्दै मनबहादुर पनले भनुहुन्छ सामान्य खालका उपचार गर्न नपाएर, पेट भर्न नपाएर मर्न सक्ने सम्भावना बढ्दै आएको छ । यस्ता समस्या परिआएको खण्डमा आआफ्ना प्रदेश हुँदै जिल्लामा खाद्यान्न,नुन, तेलको, अभावमा परेको खण्मा सरकारवालाले प्रदेश, जिल्ला, पालिका, हुँदै वडामा समस्या समाधान गर्ने, सामातय, जस्तैः टाईफाई, ज्यरो, रुघाखोकी, ईत्यादी जस्ता बिरामीलाई निजि मेडिकल अर्थात स्वास्थ्य संस्थाले चेकजाँच गर्न नमानेको जनगुनासो रहेको छ। सिङो देश या प्रदेशमा यस्तो हाल्तको बारेमा तीब्रचिन्ता ब्यक्त गर्दै,हाम्रो प्रदेश वा जिल्लामा नागरिकहरुको जिबन सुरक्षाका लागि सरकारसङ्ग सुझाव पेश गर्द्छौ ।

सुझाव १) संकटको बेलामा बिरामी चेकजाँच गर्न नमान्ने स्वास्थ्यसंस्थाहरुलाई कार्बही गर्नुपर्छ । २)खाद्यान्न आपूर्ति तथा ढुवानीको उचित प्रबन्ध गर्नुपर्ने, खाद्यान्न वितरण गर्ने खण्डमा नाफा निकाल्ने ब्यापारीलाई कार्बही गर्नुपर्छ । ३) निजि तथा सरकारी स्वास्थ्यसंस्थालाई ppe उपलब्ध गराई निरन्तर स्वास्थ्य सेवामा खटाउनु पर्छ । ४) बिरामी ओसारपसार पार्नका लागि आवश्यक साधनको प्रबन्ध मिलाउनु पर्छ । ५) पैसा नहुने, पैसा खर्च गर्न नसक्ने, अवस्थाका परिवारलाई पहिचान गरि निशुल्क सहुलियतपुर्ण दर खाद्यान्न विवरणजिम्मा सरकारवालाले लिनुपर्छ । ६) प्रत्येक प्रदेश, प्रत्येक जिल्ला, प्रत्येक वडा हुँदै गरिएको क्रियाकलापको रिपोर्ट गर्ने, सयन्त्र तयारगरि लकडाउनलाई प्रभावकारी बनाउने । ७) जनतामा सचेतता जगाउने, गाउँगाउँ गएपछी लकडाउनलाई उल्लखन गर्दै हिड्ने, गफ उद्योग चलाउने, जुवातासको खेलो गर्ने, भलिबल खेल्ने, क्यारेम्बोड खेल्ने, पाटी, मेष चलाउने, झुटाझुटा समाचार (out) गर्ने पत्रकार, जनतालाई त्रसित गराउने मिडिया, लगाएत जनप्रतिनिधि, कर्मचारीलाई कार्बहीको दायरामा ल्याई कार्बही गर्ने ।

नोट: नागरिकहरुको जीवन रक्षाका लागि सरकार र सत्ताको दायित्व हो । नेपाली जनताको समस्यामा पहलकदमी नचालेको खन्ड्मा प्रदेश सरकार र प्रसाशनलाई गहिरो आपत्ति जनाउदा छौ । मौन बसेको खण्डमा युवा संगठन नेपाल रुकुमले प्रतिबद्ध जाहेर गर्द्छौ । अभिवादन अमुल्य राज विश्वाकर्मा उपाध्यक्ष युवा संगठन नेपाल रुकुम

You can share this post!