सुदुरपश्चिम कानुन विद्यार्थी समाजद्धारा अनलाइन निबन्ध प्रतियोगिता आयोजना

सुदुरपश्चिम कानुन विद्यार्थी समाजले राष्ट्रिय स्तरिय अनलाइन निबन्ध प्रतियोगिता आयोजना गरेको छ । सुदुरपस्चिम कानून बिध्यार्थी समाजले कोभिड 19 नामक महामारिका कारण भएको लकडाउनले पठनपाठनमा भईरहेको विधमान समस्याका कारण बिद्यार्थीहरुका रचनात्मक क्रियाकलापहरुमा परिरहेको प्रतिकुल असरलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको जानकारी दिएको छ ।

प्रतियोगिताले विद्यार्थीहरुको रचनात्मक क्रियासिलता पुनर्ताजगी गर्ने कुरालाई ध्यानमा राखी राष्ट्रिय स्तरीय अनलाइन निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको समाजका अध्यक्ष गंगादत्त जोशीले बताए ।समाजले उक्त प्रतियोगिताको हिस्सा बनी लकडाउनको समयलाई फलदायी बनाउन देशै भरिका विभिन्न क्याम्पसहरुमा कानुन अध्ययनरत विद्यार्थीलाई अनुरोध गरेको छ।

प्रतियोगितामा देशभरिका कानुन संकाय अन्तर्गत सबै तहका विद्यार्थीले सहभागी हुन पाउने समाजका महासचिव जीवन साउदले बताए ।प्रतियोगिताको शिर्षक ‘ महामारीमा आप्रवासी कामदार र उनीहरूप्रति राज्यको दायित्व (Migrant workers in pandemic and state responsibility towards them )‘ रहेको छ ।निवन्धको भाषा नेपाली वा अङ्ग्रेजी हुन सक्नेछ । निबन्ध तीन हजार शव्द सम्मको हुनु पर्ने जानकारीमा उल्लेख छ ।

प्रतियोगितामा प्रथम हुनेले ४ हजार द्वितीयले २ हजार र तृतीयले १५ सय नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।शुदुरापस्चिम कानून बिध्यार्थी समाज शुदुरपस्चिम स्थायी बसोबास भई देशका विभिन्न क्याम्पसहरुमा कानून बिषय अध्ययनरत बिध्यार्थिहरुको साझा संस्था हो ।

प्रतियोगिता सम्बन्धि अन्य विस्तृृत जानकारी :

You can share this post!