लायन्स क्लब अफ काठमाडौ लिटल बुद्ध द्धारा धनगढीमा राहत बितरण

धनगढी, सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा आज लायन्स क्लब ईन्टरनेसनल ३२५ बी १ नेपाल लायन्स क्लब काठमाडौ अफ लिटल बुद्धले कोरोनाको कारण समस्यामा परेका नागरिकलाई राहत वितरण गरको छ । कैलाली जिल्लाको धनगढी शहरमा बस्दै आएका समस्याग्रस्त व्यक्तिलाइ उक्त राहत वितरण गरिएको हो ।


सुदुरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाबाट अध्ययन, उपचार र रोजगारीको लागि धनगढीमा बस्दै आएका मजदुर तथा विधार्थिहरूलाइ दैनिक उपभोग्य सामाग्री खाद्यान्न वितरण गरिएको हो । विश्व व्यापि कोरोना भाइरसको महामारीका कारण नेपाल पनि विगत १ महिना यता पुरै देश लकडाउनमा रहेको कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका नागरिकहरु बढी समस्यामा परेको जानकारी पाए पश्चात क्लबले उक्त राहत वितरण गरेको थियो ।


लायन्स क्लब अफ काठमाडौ लिटल बुद्धका अध्यक्ष हेमराज साउदले आयोजना गरेको राहत वितरण कार्यक्रममा धनगढीका युवराज कुँवरकाे विशेष सहयोग रहेको थियो । साथै लायन्स क्लब अफ काठमाडौ लिटल बुद्धका सदस्य विवेक रिमाल जोशी समेत उपस्थित रहेको कार्यक्रमको संयोजन एकेन्द्र मल्ल तथा डिस्ट्रिक जोन चेयर पर्सन लायन विष्णु प्रसाद भण्डारीले गरेको लायन्स क्लब अफ काठमाडौ लिटल बुद्धका का अध्यक्ष हेमराज साउदले जानकारी दिएका छन ।

राहत वितरणका केहि झलकहरू तस्विरमा

You can share this post!