महेश फुयाल,
हाम्रो वर्तमान परिस्थिति साच्चै उद्विग्न भएको छ । अदृष्य भाइरसले कालो मृत्युको पृष्ठभूमी सेट भएको छ । यो मानव जातिकै एक खराब समय हुन सक्छ । सहर बिल्कुलै निर्जन । लगभग सबै बन्द । इलम बन्द । पौरख बन्द । विश्व अदृश्य शत्रुको हमला रोक्न बन्दाबन्दिको ढाल लगातार लगाइरहेको छ ।
विश्वका आधुनिक र विकसित भनिएका देशहरु थिलथिलो देखिन्छन् । यस्तो लाग्छ खुई काढ्ने बखत नि छैन । सडकहरु दिनभर अन्त्येष्टि र रातभर एम्बुलेन्सले भरिएका छन् । विनाश र खराबी, उजाड शहरहरु र ध्वस्त परिदृश्य ।
अनिश्चितता– वास्तवमा, अनौंठो समय । तर हामी बाँचेका छौं, निसासिएर । गुम्सिएर । एक्लिएर । सायद अहिले निसासिनु, गुम्सिनु र एक्लिनु नै एक मात्र बाच्नुको सहि तरिका हो । महामारीको कुनै ‘राम्रो मान्छे’ वा ‘नराम्रो मान्छे’ भन्ने छनौट छैन । प्रत्येकलाई बाँच्नको लागि बराबर मौका छ ।
केहि अनौंठो तरिकाको परिवर्तन भएको छ । बाहिर जान र फेरि आफ्नो संसारमा बस्न समय अवश्य लाग्नेछ । तर आशा मरिसकेको छैन । मस्ति गलिसकेको छैन । यो क्रन्दनबाट छिट्टै छुटकारा मिल्नेछ । हामी फेरि नयाँ संसारमा ब्यूँझनेछौं । यो महाप्रलयकारी युद्धबाट हुने नोक्सानबाट पुनः जाग्नेछौं । अनेक सुनौला सपनाहरु साथै लिएर ।
यो विश्रान्तिको समय । अरुबाट विरहित भई बस्ने समय । सामाजिक दुरी कायम गर्ने र आफूले आफैलाई र अरुलाई बचाउने समय । लाग्छ प्रकृतिले हाम्रालागि मनुष्य हुनुको फाइनल परीक्षा लिइिरहेको छ । पास र फेल अब हामीमै निहित छ ।
नयाँ नियमहरु बसालिएका छन् । सबै सार्वजनिक भोजहरु, साझा मनोरञ्जन विशेष गरी मान्छेको उपस्थितिलाई लिएर । कोलाहल १ पुरारात जागा रहने सहर । अवाक छ १ विश्व भान्छाको परिदृश्य उलटपुलट भएको छ ।
अब हाम्रो वास्तविक जीवनलाई खोज गरौं । आफैलाई मधुर स्पर्श गरौं । गाऔं । नाचौं । स्वाद चाखौं आफू हुनुको । अनि सजक रहौं म छु भन्ने । यो आफै भित्रको प्रवाहलाई, उर्जालाई, शाश्वत जीवनलाई आविष्कृत गर्ने उत्तम समय हो । तर हामीलाई आफ्नो बोध छ त रु अबोध झैं हामी बेचैनिमा, छटपटीमा यो अमूल्य समयको कतै अवमूल्यन त गर्दै छैनौं रु जागौं घिटघिटो बाँकी रहदै । यो क्रुद्ध आँधीको रुप प्रकृतिले हामीलाई दिएका अन्तिम अवसर पनि हुन सक्छ ।
“मसंग समय छैन” भन्ने रेडिमेड बहानाबाट अहिले हामी टाढा छौं । यो एक्लोपन होइन । आफूलाई भेट्ने, आफूलाई पाउने उपयुक्त समय हो । चुनाव हामीमै छ आफूलाई पाउने र अनन्त बाच्ने वा विलिन हुने यो अदृश्यतासंगै ।
हामी आफैमा विभाजित भयौं । दुःखी भयौं । हताश भयौं । कहिले फरक विचारले । कहिले लालाचले । कहिले अभिमानले । कहिले ईश्र्याले । एकपटक स्मरण गरौं त के हाम्रो जीवन यति हो रु यस्तो किन भयो भने हामी जन्म–जन्मदेखि, पुस्तौ–पुस्तादेखि प्रतिविम्वमा अल्झेका छौं । अब एउटा प्रयास आवश्यक छ ।