लायन्स क्लबद्धारा राहत सामाग्री बितरण

लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्धद्धारा कोरोना भाइरस (कोभिड–१९) को प्रभावित ठाउँमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोरोना भाइरसको जोखिम विश्वभर सँगै नेपालमा पनि उच्च रहेकोले त्यसको रोकथाम तथा नियन्त्रणको लागि सहयोग होस भन्ने उद्देश्यका साथ अत्यावश्यक स्वास्थ्य सामाग्री मास्क, स्यानिटाइजर र पीपीइ सेटहरु वितरण गरिएको छ ।


आफ्नो स्थापना कालदेखि नै विभिन्न मानविय तथा सामाजिक सेवामा अग्रणी स्थानमा रहेर काम गरिरहेको यस लायन्स क्लब अफ काठमाडाी लर्ड बुद्धले विगतमा उत्पीडित तथा विपन्न वर्गहरुलाई निरन्तर सहयोग गर्दै आएको छ । यसकै निरन्तरता स्वरुप क्लबले गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा यसपटक राहत सामाग्री वितरण गरेको छ ।


उक्त राहत सामाग्री गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तको हातमा हस्तान्तरण गरिएको थियो । उक्त राहत वितरण कार्यक्रममा छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारी, लेखापाल प्रेम भण्डारी, अधिकृत भेषराज पन्त, समाजसेवी राम प्रसाद पाण्डे, पिताम्बर अर्याल, धुर्व भण्डारी, डिष्ट्रिक ३२५ बी १ कि रिजन चेयरपर्सन लायन यमुना भण्डारी, लायन्स क्लब अफ लर्ड बुद्धका सदस्य लायन ओम बहादुर ढेगा मगरको समेत उपस्थिति रहेको थियो ।


उक्त राहत कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्ध का लायन हरि अधिकारी, लायन मुस्कान गैरे, भरोसा अस्पतालका लायन प्रदिप पोख्रेल र लायन्स क्लब काठमाडौ लिटल बुद्धका अध्यक्ष हेम साउदको सहयोग रहेको थियो भने राहत सामाग्री काठमाडौ देखि गुल्मि जिल्लामा पु¥याउन उक्त गाउँपािलका स्वास्थ्य शाखाा प्रमुख पुरनले सहयोग गरेका थिए । साथै क्लबले आज नेपाल सशस्त्र प्रहरी बललाई एएभ् हस्तान्तरण गरेको छ । लान्स क्लबका पदाधिकारीहरुले सशस्त्र प्रहरी बल नेपालका आइजीपि शैलेन्द्र खनाल लाई उक्त सामाग्री हस्तान्तरण गरिएको लायन्स क्लब काठमाडौ लिटल बुद्धका अध्यक्ष हेम साउँदले जानकारी दिएका छन ।

राहत वितरणका केहि झलकहरू तस्विरमा

You can share this post!