काठमाडौँमा समस्यामा परेका विद्यार्थीलाई अखिल क्रान्तिकारीले राहत वितरण गर्दै

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले घर जान नसकेर काठमाडौंमा समस्या परेका विद्यार्थीहरुलाई सहयोग गर्ने भएको छ । अखिल क्रान्तिकार काठमाडौँले एक विज्ञप्ति जारी गरेर समस्या परेका विद्यार्थीहरुलाई सम्पर्क गर्न समेत भनेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले मंगलबार विज्ञप्ति जारी गरेर लकडाउनका कारण काठमाडौँमा समस्या परेका विद्यार्थीलाई सम्पर्क गर्न भनेका छन् ।

त्यसैगरी विज्ञप्तिमा विष्टले सरकारले राहतको नाममा प्रचारमुखी र कार्यकर्तालाई मात्रै पोस्ने काम गरेको आरोप लगाएका छन् । स्थानीय तहले मतदाता राहतको नाममा रिझाउने काम गरेको विष्टले बताए ।

“यति बेला विश्व कोरानाभाइरस (कोभिड–१९) को महामारीले प्रभावित छ । त्यसबाट नेपाल पनि अछुतो रहेको छैन । नेपालमा कोरोना संक्रमणको प्रभाव बढेसँगै लकडउन (बन्दाबन्दी) लम्बिएको छ । परिणामस्वरुप आम जनजीवन अस्तव्यस्त बनिरहेको छ । बिशेषगरी बिद्यार्थीहरु र दैनिक ज्यालादारी श्रमिकहरुको चुलो बल्न छोडेको छ । सरकारको राहत वितरण प्रचारमुखी र कार्यकर्ता पोस्ने अस्त्रमात्र बनिरहेको छ । काठमाडौँ जिल्लाका स्थानीय निकायहरुले बिभिन्न सर्तहरु लागु गरेर विद्यार्थीहरु र श्रमिकहरुलाई वितरण नगरी स्थानीय मतदाता रिझाउने कार्य गरिरहेका छन्” विष्टले विज्ञप्तिमा भनेका छन् ।

लकडाउनका कारण विद्यार्थी र श्रमिकहरुको चुलो बल्न छोडेको बताउँदै अध्यक्ष विष्टले राजनैतिक पूर्वाग्रहलार्य छोडेर बास्तविक पीडितलाई राहत वितरण गर्न समेत माग गरेका छन ।

यस्तो छ विज्ञप्ति

You can share this post!