कोरोनाको कुहिरोमा हराएको वली सरकार

मिम एडी

यति बेला कोभिड-१९ कोरना भाइरस का कारण विश्वभर लकडाउन भैरहेको अबस्था छ भने बिश्वभरी महामारिको रुपमा फैली रहेको कोरना भाइरस संक्रमणलाइ थप फैलिन नदिन एबम निस्तेज पार्न भन्दै नेपालमा समेत गरियको लकडाउनको आज २६ औ दिन बिति सकेको छ । यश अबधी मा हुने खाने बर्गको समेत दैनिकी प्रभाबमा परेको छ भने दैनिक ज्याला मजदुरी गरेर आफ्नो परिवार को चुलो बाल्नेको अबस्था कस्ताे होला ? भन्ने अनु मान गर्दा पनि हामी भकानिन्छै ।

चिल्ला र मिठा कुरा केबल सुन्नको लागि हुन । कुराले पेटमा खाना आउदैन । यो सत्यता बुजेका साशकहरु यति बेला मस्त निद्रामा निद्रामा ब्यस्त छन । दिन भरी श्रम गरेर बेलुकाको छाक टार्न चुलो तात्न छोडेपछी ती श्रमजिबि मजदुर हरु आफू ठूलो अपराधी भय झै प्रहरिले देख्लाकि भन्दै रातारात गाउँ फर्किरहेकाछन । भागी भागी लुकि लुकि अभिभावक को हात समातेर हिड्ने तातेताते गर्ने बच्चाको खुटामा उठेको फोका फुटायर जबर्जस्ती आफू तिर तानी रहेको आबस्था देखदा जो कोहिका पनि आँखा ओभाना हुदैनन ।

सरकारबिहिन जनताको दर्दनाक स्थितिमा प्रमुख दलका सक्रिय र सङ्गठित कार्यकर्ताहरूको सङ्ख्या लाखौँ छ भन्छन खोइ ? रक्तचन्दनको तस्करीदेखि गैरकानुनी रूपमा सञ्चालित क्रसर उद्योग या अन्य गलत धन्दामा कहाँ, को संलग्न छन् भन्ने सूचना वा जानकारी राख्नमा उनीहरू निकै सक्रिय र फूर्तिला देखिएका उदाहरण बिगतमा पटक पटक प्रकाशमा आए, विवादमा पनि परे ।

तर श्रमिक मजदुरको लागि ती कार्यकर्ता अहिले सम्म देखियनन् ! जब मजदुर श्रमिक दिबस आउँछ त्यो दिन ठुलै स्वरले चिच्याउने ती नेता अहिले बोल्न सकेन्न । ती श्रमिक मजदुरको पीडा बुझन सकेनन ।जब चुनाब आउँछ तब घर घर मा पुगेर मासु भात खुवाउने गाडी चडाउने ती नेता कार्यकर्ता अहिले मजदुर श्रमिकको पिडालाई बुझन पुगेनन यस्ता लाई नि कसरी जनताले बिस्वास गर्ने ?

भोकले मर तर कोरोनाले नमर ! कमाउनिष्ट सरकारको गजबको नीति ! छ अब सबै जनता, मजदुर, किसान, बिध्यार्थी गरिब सबै ले बुझ्न आबस्यक छ । सरकार हुनुको अर्थ जनताले महसुस गर्न सकेनन । सरकार मा रहनुको अर्थ सरकार मा बस्ने ले बुझेनन । अर्थात सरकार बिहिन अबस्थामा आज नेपाली जनताले गुज्रिरहनु परेको छ जसलाई अराजक स्थिती भनिन्छ । लक्डाउनको २७ औं दिन बित्दा समेत सरकारले अनौपचारिक छेत्रमा काम गर्ने श्रमिक तथा मजदुरको गाँस र बासको ब्यब्स्था गर्न नसक्ने सरकारलाइ अब कसरी फेरि सरकारमा पुराउने भन्ने त अब जनताले बुझ्ने छन ।

सडकमा देखिएको दर्दनाक दृश्य रोक्न र नागरिकप्रती सम्बेदनशिल बन्न नसक्ने पनि सरकार सरकार हुन्छ ?  सरकारले बितरण गर्ने राहात लाई स्थानिय तहको सयोजनमा औपचारिक क्षेत्रमा असंगठित भयर काम गर्ने मजदुर लाई प्रथामिकता दिनुपर्ने ठाउमा आफ्ना कार्यकर्ता लाई प्रथामिकता दिएर राहत बितरण गरिनुले भबिश्यमा श्रमिक मजदुर ले तिमिलाइ धिकार्ने छन । मुलधारका मिडियाले आफनो पत्रकारले कुनै समचार कुन उदेश्यले ल्याउदैछ् भन्ने नबुझ्ने हो भने यस्तो बिपदका बेला युटुबर र मुलधार मा फरक देखिन् छोडेछ । सत्ता पक्ष त यसै पनि उसै पनि निर्गतीलो भयो प्रतिपक्ष र मिडिया पनि गतिलो भयनन भने जनताको हालत कसरी गतिलो हुन सक्ला । दुख परेको बेलामा मेरो देशले हेरेन मलाइ देश किन चाहियो । यस्तो कुरा मनमा पलायो भने तपाईहरु कस्को नेता कस्को मन्त्री र प्रधानमन्त्री भएर बिराजमान हुनुहुन्छ ?

लेखक अखिल क्रान्तिकारी काठमाडाै जिल्लाका उपाध्यक्ष हुन्

You can share this post!