दलाल संसदिय ब्यबस्थामा स्वास्थ्य समस्या

‌ कलम सिह विश्वकर्मा

नेपालमा अहिले दलाल संसदिय ब्यबस्था छ‌‌ । दलाल संसदिय ब्यबस्थाभित्र भ्रष्टाचार, कमिसन र दलालीको खेल चलिरहेको छ।सरकार आफ्नो विवेकले होईन बिदेशि शक्तिको ईसारामा चलिरहेको छ । वैदेसिक शक्तिको हस्तक्षेप तिब्र भयको छ । साम्राज्यवादी शक्तिहरुले नेपालको आर्थिक, राजनितिक, सामाजिक, सामरिक सबै छेत्रमा नियन्त्रण कायम गरिरहेको छ ।

स्वास्थ्य मानिसहरुको जीबनमा प्रतक्ष्य सरोकार राख्ने सम्बेदनशील छेत्र हो । दलाल संसदीय ब्यबस्थाले स्वास्थ्यलाई व्यवस्थित गर्न सकेकोछैनन । नेपालमा 125 अस्पतालहरु, 384 आयुर्बेद अस्पताल तथा औसधालयहरु समेत जम्मा 4515 स्वास्थ्य सस्थाहरु रहेका छन । केन्द्रीय तह, प्रदेश र स्थानीय तहमा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, ईलाका स्वास्थ्यचौकी र स्वास्थ्यचौकीहरु रहेका छन् । सरकारले अस्पतालहरू व्यवस्थित गरेको छैन । प्रयाप्त औषधि, जनशक्ति र स्वास्थ उपकरणहरूको व्यवस्था छैन । गरिब जनताहरू उपचार नपायर छट्पटिदै बस्नु परेको कहालि लाग्दो अवस्था छ । राज्यले शिक्षा, स्वास्थ्यलाई निशुल्क धोषणा गरेपनि जनताले सिटामोल पाएको छैन । राज्यले जनतालाई मिठा कुरामा भ्रमित बनाउने काम गरेको छ ।

दलाल संसदिय व्यवस्थाको भनाई र गराईमा, सिदान्त र व्यवहारमा, कुरा र काममा भिन्नता छ। मानबजीवनमा स्वास्थ्यको महत्वपूर्ण भूमिका हुन्छ । मानिसहरूले चाहेका कुनैपनि शारिरिक र मानसिक काम गर्न निरोगी स्वास्थ्य आवश्यक हुन्छ‌ । राष्ट्रलाई स्वस्थ नागरिकको आवश्यक पर्छ । स्वास्थ्य नै धन हो भन्ने कुराबाट नै स्वास्थ्यको महत्व कति छ भन्ने सहजै बुझ्न सकिन्छ । हाम्रो देशको वर्तमान स्वास्थ्य अवस्था नाजुक देखिन्छ । बिस्व स्वास्थ्य संगठनले सन 2018 मा प्रकाशित गरेको वर्ल्ड हेल्थ स्टाटीस्टिक्स अनुसार नेपालमा प्रतिवर्ष प्रतिलाख 258 आमाको गर्भ सम्बन्धि समस्याबाट निधन हुने गरेको तथ्यांक छ।किसोरी अवस्थामा बच्चा जन्माउनेमा नेपाल दक्षिण एशियामा सबैभन्दा बढी छ ।

क्यान्सर, मुटु मिर्गौला र मदुमेह रोगबाट 30 देखि 70 वर्ष उमेर समूहका 21.8% नेपाली नागरिकहरु मुत्यु भयको देखिन्छ । 5 वर्ष मुनिका 9.7% प्रतिशत बालबालिकालाई कुपोषणको समस्या देखिन्छ । धुलो, धुवाँका कारण प्रदुशण बढेको छ । अति प्रदुषित मुलुकहर मध्य नेपाल पहिलोमा पर्छ । सरसफाई बाट हुने मुत्युदरमा पनि नेपाल दक्षिण एशियामा पहिलो स्थानमा छ । सरसफाईको अभाबमा प्रतिलाखमा 19.8% मानिसहरुको मुत्यु हुने गरेको छ ।

नेपालको जम्मा 27% प्रतिशत मानिसहरूले स्वस्थ खानेपानी प्रयोग गरेको देखिन्छ । प्राकृतिक बिपत्तिको कारण निधन हुनेमा नेपाल बिस्बमा नै पहिलो देशमा पर्छ । नेपालमा प्रतिलाखमा 7 जना मानिसहरको मुत्यु प्राकृतिक विपत्तिका कारण हुने गरेको तथ्यांक छ । नेपालको वर्तमान स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुरा माथिका तथ्यहरूबाट मोटामोटी स्पष्ट हुन्छ । स्वास्थ्यमा माफियाकरण भयको छ । स्वास्थ्य सेवा गरिब जनताको पहुँचमा छैन् । कोरोना माहामारीको शकटको बेलामा पनि निजि अस्पतालहरले गेटमा ताला लगायका छन् । अस्पतालको गेटबाट बिरामीहरु फर्रकिन बाद्य भयका छन् ।

मुनाफाको लागि खोलिएका निजि अस्पतालहरूलाई नागरिकको के मतलव हुन्छ र ? मानिसहरको जीबन माथि खेलवाड गर्ने काम निजि अस्पतालका कतिपय सञ्चालक र स्वास्थ्यकर्मीहरुबाट नै भयको देखिन्छ।मरेको मान्छेलाई आईसियुमा राख्ने मात्र होईन मौका परेपछि पित्तथैलीको सल्यक्रिया गर्न आयकका बिरामीको किड्नी चोरेर विदेश पठाउने र पैशा कमाउने पनि गर्छन । कतिपय बिरामीहरू उपचारमा लागेको रकम तिर्न नसक्दा हस्पिटलको छतबाट हामफाल्न बाद्य हुन्छन् । कतिपय बिरामीहरु उपचार नपायर मर्नु न बाँच्नुको दोसाँधमा हुन्छन । कतिपय झोपडीमा बस्ने नागरिकहरु रोगले छटपटीदै मुत्यु सग लड्न बाद्य हुन्छन।देशका प्रधानमन्त्री, रास्ट्रपति, सभामुख, मन्त्रीहरु र पार्टीका शिर्ष नेताहरु बिरामी हुदा देश भित्र र देश बाहिरका सुबिधा सम्पन्न अस्पताल हरुमा उपचार गर्छन् । राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ खर्च हुन्छ । स्वास्थ्य सेवा पनि नेपालमा हुनेखाने र सत्तासिनवर्गको लागि मात्र भयको देखिन्छ ।

संसदिय व्यवस्थाले स्वास्थ्यलाई सेवामुलक भन्दा पनि नाफामुखी बनायको छ । सेवाभन्दा पनि नाफाको लागि खोलिएका निजि अस्पताल सञ्चालकहरुले राज्यलाई कमिसन दिने र नागरिकहरुलाई लुट्ने काम गरेका छन् । राज्यले निजि अस्पताहरुको सँरक्षण गरिरहेको छ । सरकारी अस्पतालमा अावश्यक पर्ने औसधिहरु,जनशक्ति र उपकरणहरुको अभाव छ । सरकारी अस्पतालमा पनि सामान्य नागरिकहरुले सहज ढंगले उपचार पाउने अवस्था छैन । राज्यको उच्च तहमा पहुँच भयका मानिसहरूको उपचार सजिलै हुन्छ भने पहुँच नभयका बिपन्न मानिसहरूको उपचारमा समस्या हुने गरेको पाइन्छ । स्वास्थ्य छेत्रमा भ्रष्टाचार मौलाएको देखिन्छ । स्वास्थ्यको सामाग्री खरिद, औसधिहरु खरिद र अन्य स्वास्थ्यको अनुदान रकममा पनि भ्रष्टाचार हुने गरेको छ । कोरोना माहामारीबाट नागरिकहरु पिडित भयको बेलामा मुलुकको स्वास्थ्यमन्त्री नै भ्रष्टाचारमा मुछिनुले नेपाल र नेपाली जनता लज्जित हुनुपरेको छ ।

केन्द्रीय तहमा कथित कम्यूनिष्ट पार्टी को दुईतिहाइको सरकार छ । मुलुकका 7 वटा प्रदेशमद्य ६ वटा प्रदेशमा कथित नेपाल कम्यूनिष्ट पार्टीले सरकारको नेतृत्व गरेको छ । मुलुकका 753 वटा स्थानियतहहरु मद्य अधिकांश स्थानियतहरुमा‌ सरकारको नेतृत्व पनि गरेको छ । नेपाली जनतालाई सुखी र देशलाई धनि बनाउने सपना पनि बाडेको छ । यति हुँदाहुँदै पनि नेपाली जनताहरुका समस्याहरु दिनप्रतिदिन विकराल बन्दै गएका छन् । स्वास्थ्यको मात्र कुरा गर्ने हो भनेपनि स्वास्थय दिनप्रतिदिन महङ्गो हुदै गयको छ । स्वास्थ्यलाई नाफामुलक बनाईएको छ । स्वास्थ्य संस्थामा प्रयाप्त औसधिहरु, स्वास्थ्य उपकरणहरु र आवश्यक जनशक्ति को अभाब छ । स्वास्थ्य गरिबहरुको पहुँचमा छैन । कमिसन र दलाली बढेको छ।यी सवै समस्याहरुको समाधान खोज्न जरुरी छ । स्वास्थ्यलाई निशुल्क बनाउनुपर्छ ।

निजि अस्पतालहरुलाई सरकारीकरण गर्नुपर्छ । सबै स्वास्थ्य संस्थामा अावश्यक जनशक्ति, औसधिहरु र स्वास्थय उपकरणहरुको ब्ववस्था गर्नु पर्छ । सवै किसिमका रोगहरूको उपचारमा गरिबहरुको पनि पहुँच हुनुपर्छ । वर्तमान दलाल संसदीय ब्यवस्थाबाट स्वास्थ्यमा देखियका समस्याहरुको समाधान हुनसक्दैन । बैग्यानिक समाजबादी ब्ववस्थाले मात्र नेपाली जनताको गास,बास,कपास, शिक्षा र स्वास्थ्यको समस्या हल हुन्छ । बैग्यानिक समाजबाद ल्याउन सम्पुर्ण जनता एकजुट हुनु पर्ने अहिलेको आवश्यकता भयको छ ।

You can share this post!