कोरोना निगम पुजीवादले निम्ताएको भ्रम हो ! स्वार्थी ब्यापारिक द्वन्दको जनचपेटा हो।

रमेश गिरी

कोरोनाको बारेमा आजसम्म विश्वभरी फैलाइएको समाचार अनुसार रुघाखोकीको अलिकति बिकसित रुप हो । लक्षण सबै रुघाखोकीसंग मेल खान्छ । सर्ने तरिका विभिन्न डाक्टरले बताए अनुसार एउटा छैन । किटाणु जिवित रहने समय अवधि पनि पेप्सिकोला घटनाले फरक देखाएको छ । नेपालमा देखिएका बिरामीहरुको अवस्था हेर्दा पनि बिरामी सामान्य रहेका छन । औसधि अझै सम्म पत्ता लागेको छैन । तातोपानी र घरेलु औसधि मै निर्भर रहेकोछ। तर प्रचार यसरी गरिएको छ कि बिरामीहरुले छोएका सबै मानिसहरू जिउदा रहने छैनन । यो मनोबैज्ञानिक त्रास फैलाउने तरिका मात्र हो ।

बिश्वमा विभिन्न रोगले हुने मानिसको मृत्यु दर बार्सिक १४% हो । तर कोरोनाको हल्लाले त्रासको बाताबरण सृजना गरि थप ७% बढाएको छ । यो बर्षको चार महिनामा मृत्यु दर २१% पुगेको छ। जुन डरले अत्तालिएर भएको मृत्यु हो । यसैलाई अहिलेका संचार माध्यम, रेडियो, टिभी, फेसबुक, टुइटर, इन्स्टाग्राम लगायत विभिन्न च्यानलहरुले बुझेर होस वा नजुझेर व्यापक प्रचार गरिरहेका छन । अधिक्तम मानिसलाई मानसिक रुपमै जीउँदै मार्ने गरेका छ्न । उदाहरणको लागि युरोपमा एक मन्त्रीले नै आत्महत्या गरेको बिषयलाई सहजै लिन सकिन्छ ।

नेपालमा धेरै पहिले फैलिएको हैजा बाहेक अन्य यस्ता महामारीहरु नियन्त्रणमा रहदै आएका छन । किनभने यी महामारी प्राकृतिक नभएर कृतिम हुन । विकसित देशमा नै यसता जुहारी चल्ने गर्दछन । बर्सेनि आधी, हुरि, वर्षा, बाढी, पहिरो, चट्याङ, भुकम्प र दुर्घटना जस्ता प्राकृतिक महामारीले खप्पिस रहेका नेपालीलाई यसता झुटा प्रचारले छुने कुरा हुदैन । तर नेपाल सरकार नै निरीह बनेर पुरै देश लक डाउन गराएर भोकमरी सृजना गराइ कृतिम मृत्यु बनाउने कार्य मै तल्लीनछ। गाउँमा बाली भित्राउने समयमा काम गर्न दिइरहेको छैन। भबिश्य झन अन्धकारमय बनाउदै लगेकोछ । प्रशासन बहुलाएको छ, डक्टर र नर्स चिन्न सकिरहेको छैन । सडकमा जो पायो त्यस माथी डण्डा बजार्दै छ। राहतको नाउँमा तौल घटाउने देखि कुहिएको खाद्यान्न बितरण गर्ने सम्मको काम भएको छ ।

बिश्वका साम्राज्यवादी देशमा कोरोनाका कारण मृत्युदर बढी देखाइए पनि यथार्थ यस्तो होइन । आफ्नो मेडिकल सिस्टम सहि रहेको र मृत्यु दर घटाउन सफल रहेको भनी गरिएको प्रचार प्राकृतिक नियमको विरुद्ध थियो । त्यसले केही समय आयु लम्बाए पनि अन्ततः मृत्युको विकल्प थिएन। अनि त रुघाखोकी जस्तै गुण लिएर कोरोना आयो । लामो समय बाचेका बिरामी वा कम्जोर ब्यक्ति यसको सिकार भए । यसको हल्लाले उच्चतम रुप लियो र नियमित मृत्यु भन्दा ७% बढी मृत्यु गरायो । यहि नै अहिले बिश्व महामारी बनेर आएको छ । अहिलेको वास्तविकता यहि हो ।

रुघाखोकीको गुण अनुसार सामाजिक दुरि कायम गर्नु, तातोपानीको सेवन अधिक गर्नु, सरसफाइमा ध्यान दिनु, भिडभाडमा जादा मास्कको प्रयोग गर्नु डक्टरको सल्लाहमा औसधि प्रयोग गर्नु पहिले देखिका नियमहरु हुन । डिसेम्बर देखि अप्रिल सम्मको समय रुघाखोकीको लागि अति उत्तम समय हो । जसले सामान्य कमजोरी गर्छ वा उसको शरीरको आन्तरिक शक्ति कम्जोर हुन्छ तर नियम पालना गर्न सक्दैन भने त्यसलाई रोगले आक्रमण गर्नु स्वभाबिक हो । यसैको बहानामा देश लुट्नेहरु कति सकृय रहेछन भने चिनले सहयोग गरेको सामाग्रीको रातारात बिल बनाएर किनेको देखाइ खाने प्रयास गरेको पनि देखियो । स्वास्थ्य मन्त्रीले आफ्नो नैतिकताको जिम्मेवारी केही देखेनन । जबकी यो देशको नै बेइज्जती हो । प्रधानमन्त्रीले भ्रष्टाचारी कार्यकर्तालाई बचाउने काम बाहेक केही गरेका छैनन ।

यो कोरोनाको बहानामा देश पुरै लक डाउन गरेर स्वदेश भित्र काम गरिरहेका मजदुरको गास, बास, कपास उठाइएको छ । मर्ने र बाच्ने दोसाँधमा पुर्याइएको छ। भारत लगायत बिश्व भरी काम गरिरहेका नेपालीहरु अनागरिक भएका छन । उनीहरुको रेमिटेन्स प्यारो भएको छ तर शरीर हेलारो भएकोछ । बिश्वले आफ्ना नागरिक फिर्ता लैजान धम्की दिइरहेको छ तर नेपाल सरकार जहाँ छौ त्यही बस भनिरहेको छ। आफ्ना युवा नागरिक घाँडो हुने सरकारले बिकास कसरी गर्ने हो । दिमागमा पाइलै पछि कमिसन बाहेक केही रहेको छैन ।

विश्वभरी साडे सात अर्ब जनसंख्या रहेको छ । जसको सम्पुर्ण सम्पत्ति बराबर बिश्वका १५जना धनाढ्यको बिचमा रहेको सम्पत्ति बराबर रहेको तथ्यांक बेलाबखत बाहिर आउने गरेकोछ । बिश्व कता जाने र के गर्ने भन्ने निर्णयको क्षमता यहि १५ जना धनाढ्यको बिचमा रहेकोछ । बिश्वमा आर्थिक मन्दी ल्याउनको लागि गरिएको एउटा षड्यन्त्र भन्दा कुनै फरक नपर्ने अवस्था देखिएको छ । सन २००९ को आर्थिक मन्दी र अहिले २०२०को कोरोनाले ल्याउने आर्थिक मन्दी एउटै हुन । २००९ मा बिकसित देशमा मात्र आर्थिक मन्दी आएको थियो भने अहिले गरिब रास्ट्रमा पनि देखाउनको लागि WHO मार्फत नेपाललाई समेत २९ मिलियन डलर सहयोग दिएर लक डाउन गर्न लगाइएको छ । कोरोना कै बहानामा केही अर्ब रुपिया नेपालमा पनि उठेको छ । तर वास्तविक गरिब जनताले राहत पाउने ठाउँमा भोक भोकै मर्नु परिरहेकोछ । यो दलाल राज्यको असफल ब्यबस्थापनको चरम नमुना हो ।

काठमाडौंमा मजदुरी गरि जिबिकोपार्जन गरिरहेका मजदुरहरुले लक डाउन कै कारण खान बस्न समेत नपाए पछि काठमाडौंबाट १४/१५ दिनको पैदल यात्रा तय गरी बाटो हिडिरहेका कारुणिक दृश्यले नेपालको भबिश्य कता जाने भनेर देखाइरहेका छन । खाडी मुलुक मध्य धेरैले आफ्ना मान्छे फिर्ता लैजान चेतावनी समेत दिएका छन । तर सरकार लाचार बनेर जहाँ छौ त्यही बस भनिरहेको छ । बार्सिक ७/८ खर्ब रुपिया रेमिटेन्सले धानिएको सरकारले अहिले त्यही युवा वर्ग माथी समस्या आइ पर्दा हात थाप्न सकिरहेको छैन । बिरामी नभएका श्रमिकलाई पनि मेरो हुन र म लगेर ब्यबस्थापन गर्छु भन्न सकिरहेको छैन । ढाट छल कपटपूर्ण तरिकाले एक बोतल रक्सी र एक चोक्टो मासुले किनेको २/३ भोटको नतिजाले आज हामी सबै युवाहरूलाई भोग्न बाध्य बनाएको छ ।

अब युवाहरू जाग्नु पर्छ । देशमा बैज्ञानिक समाजवाद निर्माणको लागि संघर्स गर्नुपर्छ । असल ब्यबस्थापन नै देश बिकासको मेरुदण्ड हो भन्ने नमुना चिनले पनि देखाएको छ । बिदेशिएका युवाहरू स्वदेश फर्किएर देशको बिकास निर्माणमा सरिक हुन पाउनुपर्छ । भ्रष्टाचारी र कमिसन खोरलाई अधिक्तम सजाय हुनुपर्छ । युवा बेचेर होइन अन्न उत्पादन, बिजुली र पानी बेचेर देश धनी बनाउनुपर्छ । लक डाउन आवश्यक छैन । तुरुन्तै खोलेर देश सुचारु गराइनु पर्छ । देशलाई आर्थिक मन्दीमा जानबाट रोकिनु पर्छ । स्वार्थी ब्यापारिक द्वन्दले निम्ताएको जनचपेटालाइ निस्तेज पारिनु पर्छ ।

 लेखक नेपाली जनप्रगतिशिल मोर्चा कतारका सल्लाहकार समिति संयोजक हुनुहुन्छ

You can share this post!