नेकपा दैलेखले दियो आम जनतालाइ नयाँ बर्षको शुभकामना

राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा वि.सं. १९५८ लाई आधिकारिक मान्यता दिए सँगै नेपालमा पनि विक्रम संवतानुसार बैसाख १ गतेलाई नयाँ बर्षको रुपमा मनाउन थालिएको हो । त्यस यता हरेक बर्षमा बैसाख १ गते लाई सरकारी र नागरिक स्तरबाट हर्सोल्लासका साथ नयाँ बर्षको रुपमा मनाउँदै आइएको छ । साथीभाई घरपरिवार ईष्ट मित्र र छरछिमेकमा शुभकामना आदान प्रदान सँगै एउटा राष्ट्रिय पर्वको रुपमा पनि नेपालले नयाँ बर्षलाई मनाउँदै आएको छ ।


वि.सं. २०७६ लाई हिजो मात्रै अन्तिम विदाई गरेसँगै आजबाट विक्रम संवतको पात्रो अनुसार २०७७ लागेको छ । विगतमा आजको दिनलाई राष्ट्रिय पर्वको रुपमा सार्वजनिक विदा दिदै आएको थियो नेपाल सरकारले । यस पटक भने विश्व व्यापि आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण एकान्तवासमा शुभकामना आदान प्रदान गरेर मात्रै मनाएका छन् नयाँ बर्षलाई संसार भरका विक्रम संवतको पात्रोलाई मान्यता दिएका राष्ट्रका नागरिकहरु । यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी दैलेखले आम नागरिकलाई शुभकामना सन्देश दिएको छ ।


पार्टीका जिल्ला ईन्चार्ज दिपेन्द्रले जिल्लाबासीको न्याए प्रेमी जनसमुदायहरु, राजनीतिकर्मीहरु, जनप्रतिनिधिहरु, कर्मचारी, उद्योगी, व्यापारी, समाजसेवी, पार्टी पंक्तिका सम्पुर्ण कमरेडहरु, देश भित्र र देश बाहिर रहेका शुभचिन्तक र समर्थक जनसमुदायलाई सामुहिक रुपमा शुभकामना दिएका छन । आम नागरिकको नाममा शुभकामना दिदै ईन्चार्ज दिपेन्द्रले देश अहिले कोरोना महामारीको चपेटामा परेको बखत सम्पुर्ण नेपाली र विश्वभरका मानवहरु एकजुट भएर महामारी विरुद्ध विजय हासिँल गर्न सकौँ र अन्याय विरुद्ध न्याय, असमानता विरुद्ध समानता, आत्मसमर्पण विरुद्ध स्वतन्त्रताको लागि संघर्ष गर्ने उर्जा प्राप्त होस् साथै कुरुपका विरुद्ध सुन्दर, असभ्यसमाज विरुद्ध सभ्य समाज निर्माण हुन सकोस भन्दै सम्पुर्ण देशभक्त, वामपन्थी, लोकतान्त्रिक शक्तिको बीचमा एकता हुन सकोस, समाजवादको यात्राको सफलताको कामना सहित शुभकामना संदेश दिएको जिल्ला ईन्चार्ज दिपेन्द्रले जानकारी दिएका छन् ।

You can share this post!