कोरोना रोकथामको लागि बान्नातोली राहतकोषको स्थापना

कोरोना भाइरस (कोभिड–१९) का कारण संसारका नागरिकहरुको जीवनयापन कष्टकर बनेको छ । ३ महिना अगाडी चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना अहिले विश्वका दुइसय बढी राष्ट्रहरुमा फैलिसकेको छ । एकै साथ सारा विश्व लकडाउनमा बसेको पनि एक महिना बढी भैसक्यो ।
यो महाविपतको कठिन घडीमा आम सर्वसाधारण नागरिकहरुको दयनिय छ । हेरक राष्ट्रका सरकारहरु आआफ्नो ठाउँबाट अथक मेहनतका साथ कोरोनाको रोकथाम र नियन्त्रणको लागि लागिपरेका छन् । कोरोना महामारीको उच्च जोखिममा नेपाल पनि रहेको हुँदा सरकार सँगै विभिन्न गैर सरकारी संघ संस्थाहरु पनि यतिखेर कोरोना विरुद्धको लडाइमा एकजुट भएका छन् । तै पनि नेपालका अति विपन्न समुदायमा तिनंै तहका सरकारको उचित ध्यान पुग्न नसकिरहेका अवस्थामा भारतको मुम्बैमा बस्दै आएका अछामको बान्नातोली निवासी केहि समाजसेवीहरुले बान्नातोली कोरोना भाइरस राहत कोषको स्थापना गरेका छन् ।
विदेशमा अलपत्र परेका व्यक्ति र अछाम र बान्नातोलीमा रहेका अति विपन्न नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यका साथ केशर रावलको संयोजकत्वमा २५ सदस्यीय राहत संकलन समिति गठन गरेका छन् । पत्रकार तथा अछामी भाषी साहित्यकार मोहन शाह लाई प्रचारको प्रसारको जिम्मेवारी दिएको समुहले अन्य थुप्रै सहयोगी मनहरुलाई समितिमा जोड्दै लैजाने जनाएका छन् । जसका लागि उनीहरुले बैंक खाता पनि सञ्चालन गरिसकेका छन् ।

You can share this post!