२०७६ साल केपी २० र कोभिड १९-

रणदिप

केपी सरकार र सकारी राजनितीक पार्टी को गैर राजनितीक प्रकोप र मानव संक्रमित भाईरस ( कोभिड -१९ ) को सामना गर्दै २०७६ साल ले बिदा लियो । बितेका समयहरुमा भएगरेका काम कार्बाही र घटेका घटना परिघटनाहरु कृतिमहोस वा मानव सृजितहोस यसको गहिरो समीक्षा र मुल्याङ्कन जरुरी हुन्छ । कुन साल कस्को नेतृत्व कहाँ के कति उपलब्धी र क्षति भयो यो ईतिहास संग लिपिबद्द हुने कुराहो ।परन्तु यस्को अध्यन विश्लेषण र निष्कर्ष भने बिना अाग्रह पुर्बाग्रह र तथ्यमा अाधारीत हुनु पर्दछ । सस्तो लोकप्रियता र क्रान्ती बाट नेपाली जनतालाई बिमुख पार्न र विश्व समुदायलाई भ्रमित पार्न सुखि नेपाली र समृद्द नेपालको नारा जसरी रट्यो अाज ठिक उल्टो दुखी नृपाली र कंगाल नेपाल को सामना नेपाली ले गरिरहेका छौ । लाखौ नेपालीहरु अभावको जिन्दगी ब्यतित गर्न बाध्यछन । भ्रष्टाचार कमिसन, कालोबजारी ब्यस्याबृती मानव बेचबिखन, मिटर ब्याजी सुद्खोरी हरु केपी सरकार गठन भए यता बैधानिक पेसा जस्तो भैरहेको छ । सामाजिक क्षेत्र पुरै अस्त ब्यस्त छ । अार्थिक टाट पल्टाई देखिदैछ ।

ईतिहासमै सबै भन्दा दर्दनाक पीडा बाट देश झन छटपटाई रहेको छ । ईतिहासकै बिरतापुर्ण मुक्ती युद्द महान जनयुद्द र यस्लाई दबाउन ज्ञानेन्द्र शाह ले लगायको संकटकाल बरु नेपालीको लागि सहज थियो तर अाजको यसघडीमा त्यो संकटकाल भन्दा बिसौ गुणा बढी संकटकाल देख्नु सिङ्गो नेपाली नागरिक का लागि दुखको बिषय त छनै अाफुलाई कम्युनिष्ट भन्ने हरुका लागि लज्जास्पद बिषय हो । किनकी कोभिड १९ बिरुद्द प्रतिरोध गर्ने एउटै उपाय लगडाउन बाहेक यो समृद्दी ल्याउने सरकार संग अरु बिकल्प छैन छ भने चिन बाट करोडौ कमिसन खायर ल्याईएका स्वास्थ्य सामाग्रि बाहेक केही छैन । विश्व नै संकटमा परेको बेला अाफ्नो देशको समस्या हल गरेर उच्च मनोबलका साथ चाईनाले ८९ देशमा स्वास्थ्य सामाग्रि र मानव जनशक्ती बाट सहयोग को हात फैलायो उत्तरकोरिया अात्मनिर्भर भै कोभिड -१९ बिरुद्द बिजय भयो रुस डग्मगाएको छैन भने नेपालकाे कम्युनिष्ट हरु को सरकार अोषधी उपकरणहरुको बिकास र अनुसन्धान तिर त परै जावस खरिद गर्दा कसरी कमिसन खाने र धनी हुने धाउन्नेमा ब्यस्त छन।

 कहिले भुकुम्प पिडितहरुको नाममा त कहिले कोभिड-१९ को नाममा भ्रष्टाचार गर्न मा ब्यस्त नेता र मन्त्रीहरु बाट कसरी समृद्दीको अास गर्ने गर्नु पनि मूर्ख हुनु बाहेक केही छैन । अझ गम्भिरता पुर्बक नियाल्ने हो भने सरकारका र नेता पार्टी बिषेसका गलत क्रियाकलापको भण्डाफोर गरि जनता लाई सचेत र सुचित गर्ने राष्टबादी क्रान्तीकारी शक्ति अराजक रे जस्ले बिपत अापत र सहज तिनवटै बेला राष्ट दोहन गरिराछन तिनिहरु कसैसंग तुलना गर्दा पनि समृद्द शाली र असल रे कस्तो कम्युनिष्ट सरकार र कम्युनिष्ट नीति हो लाजमर्दो कुरा त यो छ । यही कारणले राष्टको उदो गति यिनिहरुकै वालामा हुने निश्चित छ ।यिसबै को पुष्टि गरेको छ २०७६ सालले ।तसर्थ २०७६ साल को सुरुवाती संगै अन्तिम सम्म यो सालले के पायो के गुमायो , कति सम्भावनाका ढोका खोल्यो र कति चुनौतीका पहाडहरु तेस्रयायो । योसालबाट २०७७ साल ले लिनु पर्ने शिक्षा र त्याक्नु पर्ने बिकृती के के हुन यो लेखमा चर्चा गर्न खोजिएको छ।

केपि- २० केहो ?

मानबिय दृष्टीकोणले हेर्दा होस या कम्युनिष्ट नीति सिदान्त व देष्टीकोण बाट हेर्दा होस केपी सरकार गठन नहुनु भन्दा अगाडि जनतामा जुन लोकप्रियता बाडेको थियो र अाशा झिनो थियो त्यो अाशा सरकार गठन देखि हालसम्म अाउदा धुजा धुजा भै बालुवामा पानी हाले सरह भएको छ । अाशा निरासा र अाक्रोसमा बदलिएको छ। यति सम्मको अनुकुल समए भए कथित जनप्रतिनिधी र नेता भनाउदाहरु लाई जनता ले लखेट्ने सम्मको स्थिती निम्त्याएका छन् ।  नेता र मन्त्रीहरुकै संगलग्नतामा देशको कर्मचारी तन्त्र र भवी दिनमा केही गर्नु पर्छ भन्ने असल सोच भएका कार्यकर्ताहरु लाई समेतभ्रष्टाचार तस्करी, कमिसनखोरी, माफियागिरी र दलालीमा चुर्लुम्म डुवाउने र उनिहरुलाई रातारात धनी र सुबिधाभोगी कसरी बन्ने भन्ने भ्रष्ट चेतनामा लतारेर अनैतिक र अपराधिक कार्यमा डुबाएका छन् ।

अर्के लज्जास्पद बिषय भनेको मानबिय दृष्टीकोण ले निकै गिरेको छ किनकी पुजिवादी मुलुक समेत ले मानव संक्रमित कोरना भाईरस बाट उन्मुक्ती पाउन यस्तो बिपतको बेला परिवार संग बिछेद गर्नु भन्दा जसनसुकै केश भएका अपराधी नै किननहुन जेल मुक्त गरेको छ भने कम्युनिष्ट नामधारी सरकार केपी अोली नेतृत्वको सरकार उल्टो जनतालाई कोरनाबाट कसरी जोगिने भनेर देशै भरी जनचेतना अभिबृदीका लागि हिडिरहेका नेताकार्यकर्ताहरु लाई गिरप्तार गरिरहेको छ । अाफ्ना अरिङ्गालहरु लाई पक्षपातपुर्ण तरिकाले राज्यकोषको दुरुपयोग गरि राहात बितरण गर्न लगाउने फरक अास्था राखेकै कारण ले जेलमा रहेका राजबन्दीहरु रिहाकोलागी चौतर्फी माग हुदा समेत ब्यवास्था गर्नु ले यो सरकार जनबिरोधी हो भनेर बुझ्न कुनै गारो छैन । सबै भन्दा बढी २०७६ सालमा नै भाको छ कथित प्रतिबन्दको अन्यायपुर्ण भारी पनि ७५ फाल्गुणमा सुरुवात गरियता पनि ७६ ले नै बोक्नु परेको थियो तसर्थ २०७६ मा केपी २० भनेर निम्नानुसार उल्ले गर्न चाहान्छु ।

१) सर्लाही काण्ड कुमार पौडेलको गैर न्यायिक हत्या २) भोजपुर काण्ड निरकुमार राई र तिर्थ घिमिरेको हत्या ३) जहाज काण्ड ४) चिनी काण्ड ५) बालुवाटावर ललिता निबास काण्ड ६) गोकर्ण रिसोर्ट काण्ड ७) एनसियल काण्ड ८) फोर G सेवा बिस्तार काण्ड ९) रेडक्रसको सामानमा गृहमन्त्री को घोटाला १०) कृष्ण ब महरा काण्ड ११) सेरधन राई प्रेम केश १२) सुकसम्वासी बस्तीमा लगाईएको डोजर काण्ड १३) राष्टीयपोषाक र लोगो वालाबाट भएका दर्जनौ बलात्कार का काण्ड १४) प्रहरीपोसाक खरिदमा भएको घोटाला काण्ड १५) छाउपडी पर्था उन्मुलनको नाममा जबरजस्ती घरभत्काउने केश १६) गोकुल बास्कोटा बचाउ काण्ड १७) स्वास्थय सामाग्री खरिदमा भएको भानु भक्त ढकाल काण्ड १८) कोभिड १९ को बाहाना मा कुहिएको चामल र देखावटी राहात बितरण काण्ड २०) पक्षपातपुर्ण राहात बितरण काण्ड अादी केपी अोली सरकार ले २०७६ सालमा गरेका नया चमत्कार हरु हुन । राजनितीक रुपले केपी सरकार ले दलाल पुजिवादी गणतन्त्रको महिमागान गरेर जनतामा जुनप्रकार ले भ्रम दिन खोजि रहेको थियो अहिले अायर सबै उदाङ्गीएको छ । पानी जाहाज रेल, घरघरमा ग्यास पाएप उज्यालो नेपाल अँध्यारो नेपाल सुखि नेपाली समृद्द नेपाल यी सबै हावादारी गफ बाहेक केही होईनन् भन्ने सजिलै गरि बुझ्न सकिन्छ ।

कोभिड १९

विश्व मानव जाती लाई नै च्यालेन्ज दिदै लाखौ को संख्यामा मानबिय क्षति हुने गरि र करोडौ जना प्रभाबित हुने गरि मानव संक्रमित भाईरस जुन अहिले विश्व ब्यापी भै रहेको छ । यस्बाट हामी सबै सम्बेदन शिल हुन जरुरी छ । खास मुलुक बाहृक अाफुलाई अब्बल पुजिवादी मुलुक भन्ने देश र त्यहाँका सत्ता संचालक हरुको हबिगत पनि हेरीयो पुजिवादी मुलुक भन्दा कम्युनिष्ट मुलुक कति जनउत्तर दायी हने रैछन् भन्ने कुराको गतिलो बहस पनि विश्व राजनीतिक रंङ्गमंञ्चमा कोरना भाईरस लेल्याईदिएको छ । अाजको बिश्वमा यो बहस पनि अत्यन्तै सानधर्भिक छ किनकी बिश्वभरी कम्युनिष्ट सखाप पारेर एक छत्र उत्तर साम्राज्यवादी शासन चलाउने सपना देखेका थिए यद्दपी कोरनाकै कारण भएको ठूलो मानबिय क्षति प्रति गहिरो दुख ब्यक्त गर्दै सर्तक रहने समय भने गैसकेको छैन । त्यसैले २०७६ सालको बिदाई संगै केपी २० रकोरना १९ को पनि बिदा होस र नव बर्ष यिनै खराबी मुक्त बर्ष होस भन्न् शुभकामना ब्यक्त गर्छु धन्यवाद ।

You can share this post!