अछाममा युवाहरुको पहलमा राहत वितरण

अछाम– विश्व व्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस का कारण लकडाउनमा परी दैनिक ज्यालादारीमा काम गर्ने विपन्न नागरिकलाई आज अछाम जिल्लाको पञ्चदेवल नगरपालिका वडा नं का प्रगतिशिल र सचेत युवाहरुको पहलमा सोही वडामा आज राहत वितरण गरिएको छ । गरीबिको जब्बर चपेटामा परेका ३५ घरधुरी छनोट गरी प्रति घर १ बोरा चामल र १ लिटर तेल वितरण गरिएको हो ।

नगरपालिकाको २ नं वडाका वासिन्दा हाल शहिद गंगालाल हृदयकेन्द्र अस्पताल काठमाडौमा कार्यरत स्वास्थ्य कर्मि एवं सामाजिक अभियान कर्ता कर्ण विश्वकर्मा, टिकापुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दिपेन्द्र शाही र युवा व्यवसायी गणेश धामीको साथै इन्द्र धामीको विशेष पहलमा राहत वितरण गरिएको थियो ।


यसैगरी नगरपालिका कै वडा नं २ का जागरुक युवाहरु क्रमशः दलित सृजनशिल साकोसका व्यवस्थापक भिम बहादुर नेपाली, हातेमालो साकोसका व्यवस्थापक नरेन्द्र न्यौपाने, महिला समाजसेवी भावना साउद, युवा व्यवसायी बिरेन्द्र धामी, नरेश धामी, नेकपाका युवा नेता नमराज न्यौपाने, समाजसेवी मोहन धामी, शिक्षक मान बहादुर विक, एम बी जनाला, पदम बोहरा, समाजसेवी सुरेश रावत लगाएतका युवाहरुको सहयोगमा आज चामल र तेल वितरण गरिएको युवा नेता नमराज न्यौपानेले जानकारी दिएका छन् ।

You can share this post!