जाग युवा अब

बि पि विद्राेही

गजल


********************
लुटिएको कालापानी माग युवा अब
कति सुत्छौ निन्द्रा बाट जाग युवा अब

छितिज लाई निल्न नदेउ ती सुनौला दिनहरु
डुब्न ला,को घाम भेटाउन भाग युवा अब

आट नगरे तिम्रो दिन कहिल्यै फिर्ने छैन
अबरोधी पर्खाल हरु नाघ युवा अब

दलाल ती स्याल हरु डाडो कटाउनलाइ
यो देसमा बन्नु पर्छ बाघ युवा अब

छातिमा देस राख्नेहरु जुटनुपर्छ एकापसमा
राख्नु हुन्न मनमा कतै रिस राग युवा अब



बि पि बिद्रोही २०७५/१२/२८

You can share this post!