नयाँ सालको शुभकामना !!

बि पि विद्रोही

बाँझिएका बारिमा फालिको सिया लागोस
गहुँ र धानका बोटमा प्रसस्त बियाँ लागोस

माफियाको महलहरु जलेर खरानी बनुन
भ्रस्टको बिछ्याउनामा उडुस उपिँया लागोस

नाघ्न सकियोस पर्खाल तोडन सकियोस घेरा
निर्दोषलाई लगाउने हतकडीमा खिया लागोस

फलामका चिउरा चपाउन सकुन देशभक्तले
सङघर्सहरु जस्तै दुधको चिया लागोस

कतै नहुन महल त कतै नहुन झुपडी हरु
सिहंदरबार सुकुम्बासीलाई अधिँया लागोस

२०७७/१/१

You can share this post!