[फुल को गुनासो ]

बि पि बिद्रोही

म तँ तिर हेरेर मुसुक्क
मुस्कुराउँदा पनि
तेरो निधारमा गाँठाहरु
फुक्दैनन्
मेरो सुगन्धले पुरै शहर
मोहित बनाउँछ
तर, तेरो नाकले किन थाहा
पाउँदैन
मेरो सौन्दर्य बाट
निस्किएको मीठो भाका
सुनेर
तँलाई किन नाचु नाचु हुँदैन
मेरो फक्रिएको जवानीका यीँ
हातहरुले
तँलाई पटक–पटक
सुम्सुम्याउँदा
तँ मा कुनै तरंग किन
आएन
ए बिद्रोही तँ भित्र मन छ कि
छैन ?
कति लेख्छस् ए बिद्रोही
बन्दुकको गित ?
मलाई हरिहरुले लछार
पछार पार्दा,
असिनाहरुले ड्याम–ड्याम
चुट्दा
म रोएर तपतप आँशु
बगाउँदा
तेरो मनमा कविता फुर्दैन ?
कहाँ छ बिद्रोही तेरो कवित्व
कहिले हुन्छ तेरो फुर्सद
कहिले छुन्छ मेरो सुगन्ध
को स्पर्शले तेरो मनलाई ?
तैँले हेर्छस् कि भनेर सुन्दर
भएर फुल्छ
तैँले छुन्छस् कि भनर कोमल
भएर फुल्छ
कुर्छु, लजाउँछु,
टोलाउँछु, बोलाउँछु
अहँ सुन्दै सुन्दैनस्, हेर्दै
हेर्दैनस्
तेरै अगाडि धेरै पटक टिपिएँ
तेरै अगाडि धेरै पटक चुडिएँ
धेरै पटक ओइलिएँ
तर तैँले एकपटक पनि
हेरिनस्
एकपटक पनि छुईनस्
…………………………..
……………..
फुलको यस्तै यस्तै गुनासो
थियो ।
र………….
मैले भने, ए ! फुल मैले
लेखेको तेरै लागि हो
मैले लडेको तेरै लागि हो !
मैले फुलहरु फुल्न पाउँनुपर्छ
भनेर लेखेको हँु
बास्नाहरु डुल्न पाउनुपर्छ
भनेर लेखेको हुँ
मेरो कबिता असिना को
विरुद्ध हो
मेरो कविता तँलाइ
लछारपछार पार्नै
त्यो बेमौसमी हरिको विरुद्ध
हो ।
सुर्ता नगर फुल मेरो
जिन्दगी फुलकै लागि हो
फुलाउनकै लागि हो ।

२०७६÷१२÷२९

You can share this post!