इतिहासले कार्लमाक्स एकको दुइ बनाउ सकेन

जनकवि तथा प्रगतिशिल साहित्यकार बि पि विद्रोहीका रचनाहरु अबदेखि निरन्तर प्रकाशन गर्नेछौँ ।

बि पि बिद्रोहि

जे चाहिएको थियो उस्ले उहि बनाउन सकेन
मिसाइल बनाउनेले जाबो सुइ बनाउन सकेन

बरफ जमायो ठण्डी बनायो पुस पनि बनायो
लगलग काम्दै सुत्यो थोरै रुइ बनाउन सकेन

आकाशमाथी यान राखी होटल बनाउने ले
मर्दा गाडने आफ्नै एउटा भुँइ बनाउन सकेन

लुकाएर हिड्यो पुच्छर रोगसँग तर्सिएर
लगारेर भाइरसलाइ कुइकुइ बनाउन सकेन

पुजिबादलाइ तह लगाउन साहसी नै चाहिदोरैछ
इतिहासले कार्लमाक्स एकको दुइ बनाउ सकेन

२०७६/१२/२८

You can share this post!