डोटीमा गोली हानेर युवतीको हत्या, श्रीमान पक्राउ

डोटीमा गोली प्रहार गरी एक युवतीको हत्या गरिएको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ४ देउथलामा गोली प्रहार गरी २० वर्षीया अनिता वनको हत्या गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक दिलिपसिँह देउवाले गोली हानेर युवतीको हत्या भएको पुष्टि गरे।उनको हत्यामा भरुवा बन्दुक प्रयोग भएको पाईएको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका श्रीमान २२ वर्षीय खडक वनलाई पक्राउ गरेको छ। अहिले जिल्ला प्रहरी कार्यालयबाट टोली घटना स्थलमै छ। 

दिनेश खबरबाट

You can share this post!