माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

हिजो विहान ७ बजेतिर उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं १३ मा ३० बर्षे एक युवतीको ज्यान गएको छ ।


गाउँ नजिकैको पाखोमा माटो लिन गएकि युवती माटो खन्ने क्रममा माथिबाट खसकोको माटोको ढिस्कोले पुरिएर घाइते भएकि जानुका चौधरीको विराटनगरको न्यूरो अस्पतालमा हिजो उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपीं) बीर बहादुर बुढामगरले जनाएका छन् ।

You can share this post!