अमेरिकामा ज्यान गुमाउने ४ नेपालीको पहिचान खुल्यो

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा जीवन गुमाउने ४ जना नेपालीको पहिचान खुलेको छ । न्यूयोर्कमा बसोबास गर्दै आएका अजय छोंचन, थोक्मे बिष्ट, सोनाम लामा र निमा टेम्बा शेर्पाको मृत्यु भएको हो ।

उनीहरुको मृत्यु हुनुको कारण भने खुलिसकेको छैन । अमेरिकामा यतिखेर कोरोना भाइरस (काभिड–१९) संक्रमणले सताइरहेको छ । कोरोना भाइरस संक्रमण फैलिरहेको अवस्थामा उनीहरुको पनि त्यही कारणले मृत्यु भएको हो कि ? भन्ने आशंका गरिएको छ । तर त्यसको पुष्टि भने भइसकेको छैन ।

दिवंगत  चारै जना न्यूयोर्क नेपाली समाजका सदस्य हुन् । समाजले दिवंगतप्रति श्रदाञ्जली अपर्ण गर्दै शोक संतप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

जनता समाचार बाट

You can share this post!