युवाहरुले संकलन गरिएको खाद्यन्न विपन्न परिवारलाई वितरण

विश्व जनमानसमा हलचल मच्चाईरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण दैनिक ज्यालादारीमा जीवन निर्वाह गरिरहेका मजदुरहरुको स्थिति दिनानुदिन नाजुक बन्दै गएको छ । एक हप्ताको लागि लागु गरिएको बन्दाबन्दी (लकडाउन) लाई सरकारले पुनः आउदो २५ गते सम्मका लागि लकडाउनको समयावधि थपेको थियो ।


तेस्रो मुलुक र विशेष गरी भारतबाट नेपाल भित्रिने नेपालीहरुका कारण सिङ्गो मुलुक सँगै सुदुरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा छ । आवश्यक स्वास्थ्य सामग्री र जनशक्तिको अभावका कारण नागरिक निर्धक्क भएर बस्न सक्ने अवस्थामा छैनन् । न्युनिकरण हुनुको साटो विश्वभर नै दिनानु दिन व्यापक रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले लकडाउनको अवधि थप गर्नुका साथै लकडाउन कार्यन्वयन गर्न कडाइ गरेको छ ।


कोरोना महामारीका कारण सम्पुर्ण नागरिकहरु सकसमा त छन् नै त्यो भन्दा पनि दैनिक ज्यालादारीमा काम गरिरहेका अति विपन्न नागरिकहरुको जीवन यापन अत्यन्तै कष्टकर रहेको छ । यसै विपतलाई मध्येनजर गर्दै सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा त्यहाँका स्थानिय युवाहरुले राहत स्वरुप खाद्यन्न वितरण् गरेका छन् ।

गाउँपालिकाकै युवाहरुको समूहले एक आपसमा संकलन गरिएको दैनिक उपाभोग्य खाद्यन्न सामाग्री बर्दगोरीया गाउँपालिकाको वडा नं २ अन्तर्गत बर्दगोरिया र कुम्भिया लगाएतका क्षेत्रहरुमा रहेका अति विपन्न परिवालाई वितरण गरिएको सो युवा समूहका एकजना युवा समाजसेवी अजय मल्लले जानकारी दिएका छन् । उनका अनुसार गाउँपालिकामा अहिले सम्म ४४ वटा विपन्न वर्गका परिवारलाई युवा समूहमार्फत राहत वितरण गरिसकेको र यस अभियानलाई बढाएर ७० वटा विपन्न परिवार सम्म पु¥याउने लक्ष रहेको छ ।

तस्विरका झलकहरू



You can share this post!