प्रख्यात अछामी साहित्यकार तथा पत्रकारको प्रधानमन्त्रीलाई खुलापत्र!

बिगत तीन चार महिना यता कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व नै आक्रान्त छ । चीनको वुहान प्रान्तबाट सुरुवात भएको यस महामारीले विश्व भरिमा आजतक करिबपन ६४,७५३ जनाको ज्यान लिइ सकेको छ भने १,२०२२,३६ व्यक्ति संक्रमित भैसकेका छन् र यसमा २४६,४५७ व्यक्ति निको भएर घर फर्किसकेका छन् ।
विश्वलाइ नै हल्लाइरहेको महामारी नेपाल र भारतमा पनि प्रवेश गरिसकको छ । यतिखेर रोजगारीको शिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीहरु भने सरकारको हेलच्याक्र्याइका कारण अलपत्र परिरहेका छन् । व्यापक जनदवाव पश्चात अघिल्लो महिना चीनमा रहेका नेपाली विद्यार्थिलाइ हवाइजहाज चार्टर गरेर ल्याउनु बाहेक अन्य मुलुकका नेपाली प्रति अहिले सम्म अनुदार नै रहेको छ । यति मात्र होइन भारतबाट नेपाल आएका हजारौ नेपाली नागरिकलाई हप्तौँ दिन सम्म सीमा नाकामा अलपत्र पारी राखेको छ । चौतर्फी जनदवाब सिर्जना भैसक्दा पनि आफ्नो अभिभावकिय दायित्व पुरा गर्न नसकिरहेको सरकारको अबस्था देखेर आजित भएका मंगलसैन अछाम घर भै हाल छोरीको उपचारार्थ मुम्बै पुगेका अछामी भाषाको लघु कथा संग्रह “भोलछालको रामारोशन” कृतिका लेखक तथा पत्रकार मोहन शाहले सम्माननीय प्रधानमन्त्रीलाई खुलापत्र लेखेका छन् ।
हेरौँ उहाँको पत्र जस्ताको तस्तै –

You can share this post!