भाडाको कोठाभन्दा सस्तो लज !

पुस २१,काठमाडौं। सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उनको बसाइ र सुताइ आरामदायी नै छ। श्रेष्ठका अनुसार उनको बसाइ भोटेबहालको लजमै हो। डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ तर लजमा सुत्दा प्रतिरात १५० रुपियाँ तिरे पुग्छ। खाना पनि लजमै सस्तोमा पाइन्छ। नुहाउन पानी पाइन्छ। शौचालय व्यवस्थित मिल्छ।

डेरा कोठामा जस्तो पानी नपाइने, अप्ठ्यारो शौचालय र खाना पकाउने टन्टा भएन। “यति सुविधा हुँदाहुँदै टन्टा कसले बोकोस् ?”, श्रेष्ठको भनाइ छ। त्यसो त काठमाडौँका भोटेबहाल, गणबहाल र सहरका यत्रतत्र लजमा एउटै कोठामा छ बेडको व्यवस्था हुन्छ। छ बेडमा १२ जना मिलेर सुत्ने र आधाआधा पैसा उठाएर लजलाई तिर्ने, निरन्तर लजमा सुत्नेलाई त लज सञ्चालकले छुट दिँदा झनै फाइदा हुने श्रेष्ठको अनुभव छ ।

स्रोत : गोखापत्रदैनिक

You can share this post!