विराजको धमाकेदार एक्सनः ‘साङ्लो’ ट्रेलर रिलिज

विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’को ट्रेलर रिलिज भएको छ । लामो समय नेपाली फिल्ममा राज गरेर भोजपुरीमा समेत आफुलाई प्रमाणित गरिसकेका विराजले आफ्नै निर्देशनमा ‘साङ्लो’ निर्माण गरेका हुन् ।

ट्रेलर पुर्णतः कमर्सियल बनाइएको छ । पछिल्लो समय नेपाली फिल्ममा एक्सन दृश्य हराउँदै गएको अवस्थामा विराजले संभावनालाई जीवित राख्दै पर्दामा फर्केका छन् । साथमा दुई अभिनेता कामेश्वर चौरासिया र प्रकाश शाहको प्रस्तुति पनि दमदार देखिएको छ भने डेब्यू अभिनेत्री निकिता चाण्डकले पनि संभावना देखाएकी छिन् ।

श्री श्रेष्ठको एक्सन समावेश फिल्म एक्सन लभस्टोरी जनरामा आधारित छ । माघ २४ बाट प्रदर्शनमा आउने फिल्ममा जयनन्द लामा, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी लगायत लिड अभिनयमा छन् । शिवम अधिकारीको लेखन रहेको फिल्मलाई मानकृष्ण महर्जनले खिचेका छन् भने अर्जुन जिसीको सम्पादन रहँदा निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

source: www.filmynepal

You can share this post!