५ हजार वर्ष पहिला नै पुराणमा लेखिएको थियो कलियुगमा के-के हुन्छ भन्ने

श्रीमद्भागवत पुराण हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थ मध्ये एक हो ।

यस ग्रन्थको रचना आजभन्दा लगभग ५ हजार वर्ष पहिला गरिएको थियो ।

तर आश्चर्य लाग्दो कुरा यो छ कि कलियुगमा के के घटना हुन्छन् भन्ने भविष्यवाणी भागवत पुराणमा ५ हजार वर्ष पहिला नै गरिएको थियो । 

केही भविष्यवाणी

श्लोक १

ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया ।

कालेन बलिना राजन् नङ्‌क्ष्यत्यायुर्बलं स्मृतिः ॥

अर्थ- धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवन को अवधि, शारीरिक शक्ति तथा स्मृति सबै दिन प्रति दिन घट्दै जानेछ ।

श्लोक २

वित्तमेव कलौ नॄणां जन्माचारगुणोदयः ।

धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ॥

अर्थ- कलयुगमा जुन व्यक्तिसँग जति धन हुनेछ उतिनै गुणी मानिने छ । र कानून, न्याय केवल शक्ति का आधारमा लागू गरिने छ ।

श्लोक ३

दाम्पत्येऽभिरुचिर्हेतुः मायैव व्यावहारिके ।

स्त्रीत्वे पुंस्त्वे च हि रतिः विप्रत्वे सूत्रमेव हि ॥

अर्थ- कलियुगमा पुरुष-स्त्री विवाह विना नै एक अर्काबीच रुचीका आधारमा साथ बस्न थाल्नेछन् ।

व्यापार को सफलता छल कपटमा निर्भर हुनेछ । कलियुग मा ब्राह्मण सिर्फ एक धागो लगाएर ब्राह्मण हुने दाबी गर्छ ।

श्लोक ४

लिङ्‌गं एवाश्रमख्यातौ अन्योन्यापत्ति कारणम् ।

अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः ॥

अर्थ- जो मानिस घूस दिन या धन खर्च गर्न असमर्थ हुन्छ, उसले अदालतबाट न्याय पाउन सक्ने छैन। जो व्यक्ति बहुत चलाख तथा स्वार्थी हुन्छ उ यो युगमा निकै विद्वान मानिन्छ ।

श्लोक- ५

क्षुत्तृड्भ्यां व्याधिभिश्चैव संतप्स्यन्ते च चिन्तया ।

त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम्

अर्थ- मानिसहरु भोक-प्यास तथा कयौं खालका दुख चिन्ताका कारण दुखि रहनेछन् । अनेक खालका बिरामीले  उनीहरुलाई घेरिरहन्छ । कलियुगमा मनुष्य की उमेर घट्ने छ । उमेर केवल बीस या तीस वर्ष को हुनेछ ।

श्लोक ६

दूरे वार्ययनं तीर्थं लावण्यं केशधारणम् ।

उदरंभरता स्वार्थः सत्यत्वे धार्ष्ट्यमेव हि ॥ 

अर्थ- मानिसहरुले टाढाको नदी-तलाउलाई तीर्थ मान्छन् तर आफ्नो नजिक रहेका आमा बुबालाई बेवास्ता र निंदा गर्छन् । कपाल पाल्नै सुन्दरता मानिन्छ र केवल पेट भर्नु नै मानिसको लक्ष हुनेछ ।

श्लोक ७

अनावृष्ट्या विनङ्‌क्ष्यन्ति दुर्भिक्षकरपीडिताः

शीतवातातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः ॥

अर्थ-  पानी कम पर्नेछ ।  सूख्खा हुनेछ । कहिले निकै जाडो हुनेछ भने कहिले निकै गर्मी हुनेछ । कहिले आंधी आउने छ भने कहिले बाढी आउनेछ ।

यस्ता परिस्तिथिका कारण मानिसहरु समस्यामा पर्ने छन् र नष्ट हुन थाल्ने छन् ।

श्लोक ८

अनाढ्यतैव असाधुत्वे साधुत्वे दंभ एव तु ।

स्वीकार एव चोद्वाहे स्नानमेव प्रसाधनम् ॥

कलियुगमा जो व्यक्तिसँग धन हुनेछैन उ अधर्मी, अपवित्र तथा बेकार मानिनेछ। विवाह दुई जनाबीच एक समझौता हुनेछ । मानिसले नुहाउँदैमा अन्तरआत्मादेखि शुद्ध भए भन्ने सोच्छन् ।

श्लोक ९

दाक्ष्यं कुटुंबभरणं यशोऽर्थे धर्मसेवनम् ।

एवं प्रजाभिर्दुष्टाभिः आकीर्णे क्षितिमण्डले ॥

धर्म-कर्मको काम केवल मानिसका अगाडि राम्रो देखिन तथा देखावाका लागि हुनेछ । पृथ्वी भ्रष्ट मानिसले भरिनेछ ।  मानिस सत्ता प्राप्तिका लागि एक अर्कालाई मार्ने छन्।

श्लोक १०

आच्छिन्नदारद्रविणा यास्यन्ति गिरिकाननम् ।

शाकमूलामिषक्षौद्र फलपुष्पाष्टिभोजनाः ॥

अकाल तथा अत्याधिक करका कारण समस्यामा परेका मानिस घर छोडेर सडक तथा पहाड गुफमा बस्न बाध्य हुनेछन् । साथै मानिहरु रुख विरुवाका पात जरा मासु जंगली मह फूल तथा बीज खान बाध्य हुनेछन् ।

एजेन्सी

You can share this post!