सभापति देउवा र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता

काठमाडौं ०९ असोज : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा बिहीबार बिहान दुबैबीच भेटवार्ता भएको हो ।भेटवार्ताका क्रममा नेपाल–अमेरिकाबीचको सम्बन्धलाई थप मजबुद बनाउने, दुबै देशबीचको विकास साझेदारीलाई अझ प्रभावकारी रुपमा अघि बढाउने लगायतका विषयमा छलफल भएको बताइएको छ ।

तस्बिर : राजदुत संगको भेट पछी सभापति देउवाको फेसबुकमा राखिएको तस्बिर

सभापति देउवाले अमेरिकी राजदूत बेरीसँगको भेटमा कैद गरिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, “अमेरिकी राजदूतसँग आज बिहान मेरो निवासमा भेट भयो । भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भयो ।”

You can share this post!