यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक सुशील कोइरालालाई

काठमाडौं । २०६२/०६३ को जनाअन्दोलन सफल भएदेखि २०६४ बाट हरेक वर्ष प्रदान गरिदै आएको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यस वर्ष पुर्व प्रधानमन्त्री सुशील कोइरालालाइ (मरणोपरान्त) प्रदान गरिने भएको छ ।संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता तथा पुर्वप्रधानमन्त्री कोइरालालाइ संविधान दिवसको दिन पारेर गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृती प्रतिस्ठानले आगामी ३ असोजमा सो पदक प्रदान गर्न लागेको हो ।प्रतिस्ठानका अध्यक्ष भीमसेनदास प्रधानले कोइरालाको सम्मानमा मरणोपरान्त सो पदक प्रदान गर्न लागिएको जानकारी दिए । सो पदक रास्ट्रपति बिद्यादेवि भण्डारिको प्रमुखअतिथ्यतामा विशेष समारोह आयोजना गरि प्रदान गरिने छ ।गत वर्ष सो पदक लोकतन्त्रको स्थापनामा महत्वपुर्ण भुमिका निभाएको भन्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाइ प्रदान गरिएको थियो ।

You can share this post!