नेपाल तरुण दलमा भाडभैलो

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलमा भाडभैलो शुरु भएको छ । अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई तथा शाहीले बस्नेतलाई कार्वाही गरेपछि तरुण दलमा भाडभैलो शुरु भएको हो । शनिबार पहिले अध्यक्ष बस्नेतले र पछि महासचिव शाहीले कार्वाही गरेको पत्र सार्वजनिक गरेका हुन् । ९५ जना रहेने पूर्ण कार्यसमिति मध्ये २०७३ सालमा भागबन्डाको आधारमा ४ जना पदाधिकारी मनोनयन गरे पनि हाल सम्म पूर्ण हुन् सकेको थिएन । २०७४ सालमा सम्पन्न चुनाब पछी नेपाली कांग्रेसका विभिन्न भात्री संस्था तथा नेताहरु विभाजित हुदा तरुण दल एकता गराउने प्रयासमा थियो । बस्नेतको आरोपमा महासचिवजस्तो महत्वपूर्ण पदमा रहेर पदीय मर्यादा, जिम्मेवारी र काँग्रेस तथा तरुण दलको आदर्श एवं सिद्धान्त विपरीत गई अनुशासनहिन कार्य गरेको आरोप लगाउँदै तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार कुनै पनि सदस्य नरहने गरी शाहीलाई हटाइएको जनाइएको छ । 

त्यस्तै शाहीको पत्रमा चार बुँदामा बस्नेतलाई आरोप लगाइ एक वर्षका लागि साधारण सदस्यबाट समेत हटाइएको छ ।उनको पत्रमा भ्रष्टाचार विरुद्ध लक्षित अख्तियार घेराउ कार्यक्रमलाई अन्तिम समयमा हठात रोकेको, केन्द्रीय समिति बिस्तार नगरी लाखौं तरुण युवाको भविष्यमाथि खेलवाड गरेको, संगठनलाई आफूखुसी संचालन गरेको र बाढी पीडितको नाममा संकलित लाखौं रुपैयाँ गम्भिर रुपमा भ्रष्टाचार र दुरुपयोग गरेको आरोप लगाइएको छ । 

You can share this post!