मिडिया काउन्सिल विधेयकमा कांग्रेसद्धारा २९ बुँदे संशोधन दर्ता

काठमाडौं, १६ भदौ : मिडिया काउन्सिल विधेयकमा नेपाली कांग्रेसले २९ बुँदे संशोधन दर्ता गरेको छ। पत्रकारितालाई नियन्त्रित गर्ने शैलीमा मिडिया काउन्सिल विधेयक ल्याउन खोजेपछि काँग्रेसले प्रस्तावित विधेयकबाट जरिवाना तथा आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार हुने कारबाहीको व्यवस्था हटाउन मागसहित संशोधन दर्ता गरेको हो । पत्रकारलाई प्रस्तावित विधेयकमा १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था भएपछि कांग्रेसले यस्तो विधेयक हटाउन माग गरेको हो । यस्तै आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार कारबाही गर्न सक्ने व्यवस्था पनि विधेयकमा छ। दुबै व्यवस्था हटाउन कांग्रेसले माग गरेको छ। 

You can share this post!