गौ हत्या गर्नेलाई कडा कारबाही गर्न शेखर कोइरालाको माग

काठमाडौं,१६ भदौ : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले कर्णाली प्रदेशको राजधानी नजिक सुर्खेतको भिरबाट खसाएर गौ हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा २ पटक ट्विट गर्दै भनेका छन्, ‘‘ संविधानले गाई राष्ट्रिय जनावर भनेको छ। गाईसँग हिन्दुहरुको अत्यन्तै ठूलो आस्था र संस्कृति जोडिएको छ। सुर्खेतको भीरबाट खसाएर गाई मारिएको घटनाले हिन्दुहरुको आस्थामाथि ठेस पुगेको छ। यो घटनामा संलग्नलाई तुरुन्तै कानुनी कठघरामा ल्याएर कडा कारवाही गरियोस्।’’

You can share this post!