बैतडी कांग्रेसको कार्यालय सचिवमा अधिवक्ता चन्द

काठमाडौँ , ०४ भदौ : नेपाली कांग्रेस बैतडीको कार्यालय सचिवमा सुर्नया गाउँपालिका ४ निवाशी अधिवक्ता दिपेन्द्रबहादुर चन्दलाई नियुक्त गरिएको छ । चन्द यस अघि नेपाल विद्यार्थी संघको २०७३ सालमा सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । नेपाल विद्यार्थी संघ बैतडी जिल्लाको उपसभापति, जगन्नाथ बहुमुखी क्याम्पसको स्ववियु सभापति पनि भैसकेका हुन् । नर बहादुर चन्द वाणिज्य राज्य मन्त्रि हुदा चन्द स्वकीय सचिव पनि थिए । चन्द संगै बैतडी कांग्रेसले ९ जनालाई आमन्त्रित जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गरेको छ ।

You can share this post!