गौरा बिशेस पुस्तक बिमोचन

बैतडी, ०३ भदौ : युवा लेखक तथा संस्कृति प्रेमी व्यक्ति अमर बहादुर टेर द्वारा लिखित गौरा बिशेस पुस्तक बिमोचन भएको छ । उक्त पुस्तकको बिमोचन द.न.पा. का मेयर नरेन्द्रबहादुर थापाले गर्नु भएको हो । सुदुरपश्चिमको कला,सस्कृति जगेर्ना गर्नमा यो पुस्तकको ठूलो भूमिका रहने बिस्वाश लिएको छ । यस पुस्तकमा गौरापर्वको बेला पुरुषहरुले देवस्थलमा गाउने पौराणिक कथा, भगवान राम, कृष्ण, पाण्डव बारेका एतिहासिक दन्त्य कथाको बर्णन गर्नका साथै विभिन्न देउडा खेलहरुका भाका ठाडो,धुमारि, ढुस्को, चाचरी समेटिएका छन् । गौरामा ठाडोखेल खेल्ने ब्यक्तीहरुको लागी यो पुस्तक उपयोगी हुने देखिन्छ ।

You can share this post!