किसुनजी अध्ययन केन्द्रको केन्द्रीय कार्यसमिति बिस्तार!

किसुनजी अध्ययन केन्द्रको केन्द्रीय कार्यसमिति बिस्तार काठमाडौ ०८, साउन : सन्त नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनामा विभिन्न समाजिक कार्य गर्दै आईरहेको किसुनजी (कृष्णप्रसाद भट्टराई) अध्ययन केन्द्रको मिति २०७६/०४/०७ मा बसेको नियमित बैठकबाट ११ जना सदस्य मनोनित गरि कार्यसमिती बिस्तार गरेको छ । नया थप हुने सदस्यहरुमा लोकराज भट्ट बैतडी, खगेन्द्र शेरचन नवलपरासी, पारस बस्नेत सोलुखुम्बु, क्षितिज सिंह ठकुरी काठमाडौँ , अर्जुन बस्नेत धनकुटा, कुशल कोइराला सुनसरी, शन्तोष क्षेत्री बाग्लुंग , शगुन कंडेल किर्तिपुर काठमाडौँ, जीवन मण्डल मोरंग, डा.अर्जुन सापकोटा पर्वत, शशांक रेग्मी कैलाली रहेका छन् । नेपाली जनताका प्रेरणाका स्रोत स्वर्गीय कृष्ण प्रसाद भट्टराईज्यूको निष्ठा, आदर्श, मुल्य मान्यता र ईमान्दारितालाई आत्मसात गरी यस संस्था र नेपाली समाजको हितमा सदैव लागिरहन नयाँ सदस्यहरुमा अनुरोध गरेको छ ।

You can share this post!