सुदूरपश्चिममा गौरा पर्व शुरु!

काठमाडौँ, २६ साउन : सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा अन्तर्गत आज गौरा एकादशी मनाइदैछ । गौरा उपासना गरेर दुवधागो धारण गर्ने महिलाहरुले आइतवार ब्रत उपासाना गर्नुपर्ने मान्यता रहेको छ । गौरापर्वको ब्रत लिने महिलाहरुका लागि आज ब्रत बसेर शिवपार्वतीको पूजागर्ने चलन रही आएको छ । गौरा एकादशीको ब्रत उपासकले मात्रै गौरामा ब्रत लिन पाउने मान्यता भएकाले नयाँ ब्रतालुहरुले समेत आज उपासना गर्ने चलन रही आएको छ । गौरा एकादशीदेखि गौरा पर्व शुरुवात भएको मानिने स्थानीयहरू बताउछन । भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उजेली र भाद्र कृष्ण पक्षमा पर्ने गौरालाई अनेरी गौरा भन्ने चलन रही आएको छ । गौरा पर्व अगामी भदौ ६ गते रहेको छ ।

You can share this post!