सुबिसु नेटवर्कमा आगलागी, नियन्त्रण प्रयास जारी

बालुवाटारस्थित सुबिसु नेटवर्कको कार्यालयमा आगलागी भएको छ । बालुवाटार चोकमै रहेको सुबिसुको सिस्टम शाखामा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । 

इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको हो।  भीषण आगलागी भएको सुबिसु केबल नेटवर्कको मुख्य कार्यालयमा कम्तीमा २०० कर्मचारी कार्यरत रहेको अनुमान गरिएको छ। यो भवनमा स्याटेलाइट कक्ष र जेनेरेटरसहितका उपकरणहरू रहेका छन्। आगलागी भएको स्थानबाट नेपाल राष्ट्र बैंक र प्रधानमन्त्रीको सरकारी निवाससहितका अन्य कार्यालय पनि रहेका छन्। आगलागी भएपछि त्यहाँ प्रहरीको टोली पुगिसकेको छ । आगो निभाउन, काठमाडौँ र ललितपुरसहितका दमकल पुग्दैछन्। आगो मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको हो ।

पानी दमकलले आगो निभाउने अवस्था नदेखिएपछि त्रिभुवन विमानस्थलको फोमवाला दमकल मगाइएको प्रहरीले जनाएको छ । 

You can share this post!