एसईईको विज्ञान विषयको परीक्षा फेरि हुने

चैत १४, काठमाडौं : प्रदेश नम्बर दुर्इमा आज एसईईको विज्ञान विषयको परीक्षा रद्द भएको छ । बिहिबार हुने परिक्षाको प्रश्नपत्र बुधबार राति नै सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो ।

परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएको हल्ला पछि प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार  परीक्षा भएपछि जिल्ला परीक्षा समन्वय समितिले जिल्लाको विज्ञान विषयको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।

प्रदेशअनुसार प्रश्नपत्र बनार्इएकोले प्रदेश २ का ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा परिक्षा रद्द् भएको छ । रद्द भएको परीक्षा चैत २२ गते हुने भएको छ ।

You can share this post!