काठमाडौंमा ब्रुमरको प्रयोग गरि धुलो संकलन

चैत १४, काठमाडौं : हिजो काठमाडौं महानगरपालिकामा सडक सरसफार्इमा ब्रुमर प्रयोग गरिएको थियो ।  ब्रुमर प्रयोग गरेर धुलो संकलन गरेपछि काठमाडौंमा एकै रातमा लगभग १८ टन धुलो संकलन भएको छ ।

सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म गरि ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए ।  

सबैभन्दा धेरै धुलो रत्नपार्क, सुन्धारा, जमल, त्रिपुरेश्वर क्षेत्रका सडकबाट संकलन भएको थियो ।

You can share this post!