चैत्र १३ , काठमा०डौ ः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभाग परिसरमा निर्माण भइरहेको एकद्वार प्रणाली लगभग अन्तिम चरणमा पुगेको छ ।
वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न वा विदेशी लगानी भएका र लगानी गर्न चाहनेलाई सहजीकरण तथा समन्वयन गर्नको लागि बनाउन सुरू गरिएको भवनको लगभग ९० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ ।
पुँजी परिचालन, श्रम सम्बन्ध, पुँजी फिर्ता लैजाने जस्ता विषयको काम यो केन्द्रबाट हुनेछ । उक्त केन्द्रमा झण्डै १२ वटा युनिटहरु रहनेछन् भने विदेशी लगानीकर्ताले आफ्नो लगानीको मुनाफा सजिलै लैजान सहजीकरण गर्ने काम पनि यही केन्द्रबाट हुनेछ ।