भाइरल ज्वरोको सङ्क्रमण बढ्दो

चैत्र १३ , काठमा०डौ ः सोमबारदेखि भएको मौसम परिवर्तनका कारण देशका विभिन्न ठांउमा भार्इरल ज्वरो फैलिएको छ । यसै मौसम बदलिको कारण सुदुरपश्चिमको डढेल्दुरामा पनि भार्इरल ज्वरो फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको छ ।

डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालमा आजभोलि १५० भन्दा बढी बिरामी हुने गरेको देखिन्छ । बिरामीमध्ये बढी बालबालिका रहेका छन् ।

You can share this post!