नेपाली कामदार जापानमा , अप्रिल १ देखि

चैत्र ८ , काठमाडाैं : नेपाली कामदार जापान लैजाने भनिएपनि अहिलेसम्म पुरै कानुनि प्रक्रिया पुरा हुन सकेको छैन । सोमबार भने जापान सरकारले नेपालसंग नेपाली कामदार लैजानको सम्झौता गर्ने भएको छ । जापानमा कामदार भिजामा नेपाली कामदार लैजाने भिजा नांया भएकाले कतिपय बिषयहरू तयार पार्न समय लागेको छ ।

अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको हो ।एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् ।

You can share this post!