घरमै बसीबसी ईपीएस आवेदन फारम भर्न मिल्ने

चैत्र ८ , काठमाडाैं : अघिल्लो बर्ष जस्तै यो बर्ष पनि कोरियामा कामदार लैजानको कोरियन भाषा परीक्षाका लागि आवेदन खुलार्इएको छ । यो पालि भने परीक्षाका लागि आवेदन शुल्क बुझाउने ब्यबस्था अलि सहज बनार्इएको छ ।  शुल्क बुझाउन बैंकमा नै लाइन बस्न नपर्ने गरि परीक्षार्थीको सुविधाका लागि ग्लोबल आईएमई बैंकको कमलादी बाहेकका शाखाका साथै परीक्षार्थीले घरमै बसीबसी आईएमई-पे र ई-सेवाबाट शुल्क बुझाउन सक्छन् । आवेदन फारम पनि अनलाइनबाट नै भर्न सकिने सुविधा छ ।

लगभग दश बर्षदेखि नै ईपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । यो वर्षका लागि कोरियाले १० हजार ५० नेपाली कामदारको कोटा  तोकेको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।कोरियन भाषा परीक्षाका लागि २४ डलर बराबरको शुल्क बुझाउनुपर्नेहुन्छ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्ने ब्यवस्था रहेको छ ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । अनलाइन फारम भर्न eoers.epsnepal.gov.np मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा अएको प्रवेशपत्रलार्इ रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । साथै सक्कल एमआरपी पनि लैजानुपर्छ ।

जुन क्षेत्रका लागि परीक्षा आवेदन फर्म भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नुपर्नेछ ।

You can share this post!