एसइई परीक्षा आजदेखि सुरू, प्रदेश सरकारबाटै परिक्षा ब्यबस्थापन

चैत्र १० काठमा०डाै ः वर्षको माध्यमिक शिक्षा एसइई परीक्षा आजदेखि सुरू भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक एसईई परीक्षा भएको हो ।

मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ ।

परीक्षाफल प्रकाशित बाहेक परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्नेछ । प्रश्नपत्र छपाई पनि प्रदेश सरकारले नै गरेको छ ।

आइतबारबाट सुरू भएको एसइई परीक्षामा देशभरका ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । जसमध्य दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी भएका छन । यो बर्षको एसर्इर्इ परिक्षामा भने नायिका करिश्मा देखि राजनितिज्ञ सम्मका ब्यक्ति समाबेश भएका छन ।

You can share this post!