कर्णाली पुल जोखिममा, थप एउटा पिल्लर बनाउन आवश्यक बजेटको माग

चैत्र ७, काठमाडाैं :  सुदुरपश्चिम को बर्दिया र कैलाली जील्ला जेड्ने कर्णाली नदिमा बनेको गरेको पुल जोखिममा परेको छ । चार वर्षअघि निमार्ण गरिएको पुलको पूर्वतर्फको किनारा कटान गर्दै लगेपछि पुल जोखिममा परेको छ ।

रु ४६ करोड लागतमा कर्णाली नदीमा बन्दै गरेको ५३१ मिटर पुलको पूर्वपट्टिको किनारमा नदीले कटान गरेपछि निर्माण नहुँदै पुल जोखिममा परेको छ । तटीय भागतर्फ पिल्लर नभएकाले नदीले धार परिवर्तन गरेको अवस्थामा पुल थप जोखिममा परेको छ ।

हुलाकी सडक आयोजनाअन्तर्गत पर्ने कर्णालीको पुल जोगाउन थप अर्को पिल्लर बनाउन आवश्यक बजेट केन्द्रसँग माग गरिए पनि अहिलेसम्म निकासा हुन सकेको छैन । रकम नपठाइएपछि पिल्लर निर्माणको काम अघि बढ्न सकेको छैन । 

प्राविधिक टोली आयोजनाका अनुसार पुल जोगााउन आवश्यक पर्ने थप एक पिल्लर  नबने पुल नै खस्न सक्ने सम्भावना रहेको छ ।

You can share this post!