होलीको अन्तिम दिन , आज तरार्इमा होली मनार्इदै

चैत्र ७, काठमाडाैं : हिन्दू धर्मालम्बीहरुको महान् पर्व होली हिजो बुधबारदेखी सुरू भएको छ । बुधबार होलीको पहिलो दिन पहाडी जिल्लाहरूमा होलि मनाइने गरिन्छ भने पछिल्लो दिन तरार्इ जिल्लाहरूमा होलि मनार्इने गरिन्छ ।

 हिजो बिहानैदेखि  काठ्मा०डौ लगायत बिभिन्न पहाडी जिल्लाहरूमा होलि मनाएका छन भने आजको दिन तराईका पूर्वी क्षेत्रमा उत्साहका साथ होलि  मनाइँदैछ।

सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियालीपूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य रहेको छ। बुधबार बिहानैदेखि देशका पुर्व देखि पश्चिम सम्मका विभिन्न  क्षेत्रमा रंगहरू खेल्दै सर्वसाधारणले हाेली पर्व मनाइरहेका छन्।

You can share this post!