बुधबार पर्ने होलिको बिषेस तयारिसहित सुरक्षा कडार्इ

चैत्र ५, काठमाडाैं : होली नेपालीहरूको एउटा बिशिषट पर्बको रूपमा लिर्इन्छ । अर्थात होलिलार्इ नेपाल तथा भारतीय अर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ । 

हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपालभारततथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । नेपालमा भने होलिलार्इ पहाड र तरार्इ भनेर दुर्इ दिन मनार्इने गरिन्छ । अघिल्लो दिन पहाडि होलि मनार्इन्छ भने पछिल्लो दिन तरार्इ होलि मनार्इने गरिन्छ ।

बुधबार मनाइने होली पर्वलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजना लागू गरेको छ । इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारीसहित सुरक्षा योजना लागू गरिएको छ । कसैको इच्छा विपरित रंग वा लोला हान्न नमिल्ने भएको छ ।

 होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होलि खेल्नुभन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ । होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ ।

You can share this post!