नविकरण नगर्ने प्याराग्लाइडिङ कम्पनी बन्द

चैत्र ४ , काठमाण्डौ ः दिएको समयमा पनि दर्ता तथा नवीकरण हुन नमानेपछि पोखराका दुई प्याराग्लाइडिङ कम्पनी बन्द गरिएका छन । सोमबारसम्म महानगरमा दर्ता नभएका गोल्डेन हेभन प्याराग्लाइडिङ र एड्भान्स प्याराग्लाइडिङलाई रोक लगाइएको हो ।

महानगरपालिकाको पटक–पटकको सुचना र पत्राचारपछि एक साताभित्र नविकरण गर्ने प्रतिबद्धता जनाए पनि व्यवसायीले आफ्नै प्रतिबद्धता लत्याउँदा उडान नै बन्द हुने अवस्था निम्तिएको हो ।

You can share this post!