काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भुकम्पको धक्का महसुस

चैत्र ४, काठमाडौं : काठमाडौं आसपासका स्थानमा भूकम्पको धक्का महसुस भएको छ ।

सोमबार बिहान ९ बजेर १ मिनेटमा जाँदा गएको भूकम्पको केन्द्रबिन्दु मकवानपुर नै भएको भूकम्प मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका अनुसार भूकम्प ४.१  रेक्टर स्केलको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यका , मकवानपुरसँगै आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।

You can share this post!