चैत्र ४ , काठमाण्डौ ः काठमाडौँको तारकेश्वर सहित हेटौँडा र पोखरामा कुखुरामा बर्ड फ्लुको संक्रमण देखिएको छ ।
बर्ड फ्लुको संक्रमण
देखिएपछि यसले महामारी लिन सक्ने तर्फ उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ
। बर्ड फ्लुलार्इ सामान्य रोगको रूपमा लिदा योले भयानक रूप लिन सक्छ । यसबाट महामारी
फैलिएर मानिसको ज्यान समेत लिन सक्ने यो रोग चराबाट मानिसमा सर्ने गर्छ ।
पछिल्लो समय
मानिसबाट पनि मानिसमा बर्ड फ्लु सरेको पाइएको छ । यो एउटा सरूवा रोगभित्र पर्ने
रोग हो । यसपटक हेटौँडा र काठमाडौँमा विशेष गरि लेयर्स कुखुरामा एच ५ एन वान
भाइरसको संक्रमण देखिएको हो ।
के गर्नुपर्छ त बर्ड फ्लुबाट बच्न ।
विशेष गरि
कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुले सरसफाईमा विशेष ध्यान
दिनुपर्ने हुन्छ ।
कुखुरा तथा
पक्षीजन्य क्षेत्रमा काम गर्दा मास्क लाएर मात्रै काम गर्ने ।
घरमा पालेको
पक्षीको भाँडाकुँडा दिनहुँ सफा गर्ने
मासु एक सय
डिग्री तापक्रममा पकाएर मात्रै खाने
खोरका कुखुरा
मर्न थाले अथवा बिरामी पर्न थाले भने तुरन्तै चिकित्सकलाई सम्पर्क गर्ने