लायनस क्लब अफ काठमाडौं लर्ड बुद्धको सम्झन लायक र प्रशंसनीय योगदानको चर्चा

चैत्र ३, काठमाडौं : लायनस क्लब अफ काठमाडौं लर्ड बुद्धको दोस्रो स्थापना दिवस तथा सम्मान समारोहमा डिष्ट्रिक गभर्नर असोक कुमार श्रेष्ठले लर्ड बुद्धले छाटो समयमा स्वास्थ्य, शिक्षा र अन्य क्षेत्रमा गरेको कृयाकलाप उत्कृष्ट भएको बताएका थिए ।

समारोहकै क्रममा नेपाल कम्युनिस्ट पार्टी का वरिष्ठ नेता माधव कुमार नेपालले लायन्स क्लबले विपत्तिका बेला मुलुकलाई पुर्‍याएको योगदान सम्झन लायक र प्रशंसनीय भएको बताएका छन् ।

नेपालमा ४८ वर्षदेखि सकृय लायन्स क्लबले सामाजिक कार्यमा प्रशंसनीय काम गरेको छ भने लर्ड बुद्धले छोटो अविधिमा देशका विभिन्न स्थानमा बृहद स्वास्थ्य शिविरलगायत अन्य रचनात्मक काम गर्दै आर्इरहेको छ ।

कार्यक्रममा बालकृष्ण बुर्लाकोटी, धुर्व थापा, लिला खरेल, राजन लम्साल, मनबहादुर रोका, मन्जरी खरेल, युक्त श्रेष्ठ, पार्वती खरेल(पाण्डे) र भुगोल शेरचनले क्लबको गतिविधि बारे प्रकाश परेका थिए ।

स्थापना दिवसका अवसरमा क्लबले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, पूर्वसभाषद् तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, वरिष्ठ पत्रकार टंक पन्त, सेन्चुरी बैंकका प्रवन्ध निर्देशक रन्जन खड्का, प्रभु बैंकका कार्यकारी निर्देशक अशोक शेरचन, नारायण भण्डारी, यमुना भण्डारी, जगदीशचन्द्र पोख्रेल, पिताम्बर भण्डारी, धुर्व ज्ञवाली, देवी ज्ञवाली, विष्णुकुमारी कडेल, धनबहादुर परियार र संस्कृतिको संरक्षण सम्बर्धन गर्नुपर्छ भन्दै कला प्रस्तुत गर्ने कलाकारलाई नेकपाका नेता माधवकुमार नेपालले सम्मान गरेका थिए ।

You can share this post!