घटनाको विरोध गर्दै, म्यानपावर कम्पनिहरु बन्द

फागुन २६, काठमाण्डौ :  शुक्रबार भएको शक्तिशाली बम विष्फोटको कारण म्यानपवर कम्पनिहरु बन्द गरिएका छन् । रोजगार व्यवयायी संघका अध्यक्ष गुरुङको घरमा विप्लब समूहले बम विष्फोट गरएको थियो । वैवदेशिक रोजगार व्यवसायी संघले विप्लब समूहले माग गरेको चन्दा दिन अस्वीकार गरेपछि संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गरिएको थियो ।


घटनाको विरोध गर्दै दोषीमाथि कारवाहीको माग गर्दै संघले नै आइतबार म्यानपावरहरु बन्द गर्ने निर्णय लिएको हो । व्यवसायमा असुरक्षाको अवस्था सिर्जना भएपछि संघले आज नै व्यवसायीको आकस्मिक भेला पनि आयोजना गरेको हो । घटनाको जिम्मेवारी विप्लब समूहले लिइसकेको छ ।

You can share this post!